के भिजिट भिषामा बिदेश जाँदै हुनुहुन्छ ?

१० माघ, काठमाडौं । भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ ।

भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो ।

गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ ।

साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ ।

साथै भ्रमणको सम्पूर्ण खर्त व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणमा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटी भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड) पनि बुझाउनु पर्ने छ ।

युएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरबमा भिजिट भिसामा जानेहरुले कसैको करकाप वा प्रलोभनमा नपरी नितान्त भ्रमण प्रयोजनका लागि प्रस्थान गर्न लागेको स्वघोषणाको एउटा फारम पनि भरेर अध्यागमन कार्यालयमा बुझाउनुपर्ने छ ।

अध्यागमन विभागका निर्देशक एवम् सूचना अधिकारी प्रेमप्रसाद दाहालले भिजिट भिसाको नाममा ठगी हुने, नक्कली कागजात बनाएर विदेश जाने र उतै लुक्ने क्रम बढेपछि नयाँ नियम लागू गरिएको जानकारी दिए । यसबाट भिजिट भिसाको नाममा हुँदै आएको विकृति रोकिने विभागको विश्वास छ ।

यसअघि अध्यागमन ऐन २०४९, नियमावली र निर्देशिकामा भिजिट भिसा के हो भन्ने स्पष्ट छैन । त्यहाँ पर्यटक भिसाको कुरा मात्र छ । त्यसैले २०७८ सालमा सचिवस्तरीय निर्णयबाट भिजिट भिसा सम्बन्धी १७ बुँदे मापदण्ड जारी गरेर स्पष्ट पार्ने प्रयास गरिएको थियो । ‘१७ बुँदे लागू भएपछि झन् धेरै विकृतिहरु देखिन थाले,’ निर्देशक दाहालले  भने, ‘नक्कली कागजात बनाएर विदेश जाने, ठगिने, विदेश गएर उतै लुक्ने, दुःख पाउने जस्ता काम विकृतिहरु देखिएपछि १७ बुँदेलाई खारेज गरेर अहिले ६ बुँदे नियम ल्याइएको हो ।’

६ बुँदे नियमसँगै ट्राभल एडभाइजरी पनि जारी गरिएको छ । त्यसमा के-के गर्ने, के-के नगर्ने कुराहरु उल्लेख छन् । त्यो ट्राभल एडभाइजरी ७५३ वटै स्थानीय तहमा पठाइएको निर्देशक दाहालले बताए । गाउँघरमा जनचेतना फैलाउने काम होस् भन्ने उद्देश्यले सबै पालिकाहरुमा ट्राभल एडभाइजरी पठाइएको उनको भनाइ छ ।

Related posts:

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

मेयरको निर्देशनमा उपप्रमुखलाई कार्यालय पस्न अवरोध

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *