२३ मंसीर, जनकपुरधाम । देशभक्तिमा आधारित चलचित्र ‘काँडेतार’ जनकपुरधामको एक सिनेमा हलमा आज प्रिमियर शो देखाईएको छ ।
जनताद्वारा, जनताका लागि सिमानामा ‘काँडेतार’ स्लोगन राखिएको चलचित्र काँडेतारमा काँडेतार बारले मात्र दुई देशको भूमिको संरक्षण हुने र असल छिमेकीसँगको सद्भाव कायम रहने कथासार रहेको निर्माता नवल खड्काले जानकारी दिए ।
यसअघि दशगजा, आवाज, भिमदत्तजस्ता देशभक्तिपूर्ण चलचित्र निर्माण गर्दै आएका खड्काले यस काँडेतारको निर्देशन र निर्माण गरेका हुन्।
चलचित्रमा कलाकाहरु नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, प्रेम कार्की आदिको अभिनय गरेका छन्।
गायिका सत्यकला राई कार्यकारी निर्माता रहेकी छन् भने माकिको राई र अन्जु केसी निर्माता रहेकी छन्। शिवम अधिकारी र नवल खड्काको लेखन, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, तारा थापा किम्भे र बन्दे प्रसादको सम्पादन र मणि थापा र दिपक शर्माको संगित रहेको छ।
देशभक्ति पूर्ण चलचित्रलाई सबै पक्षबाट सकारात्मक सहयोग र साथको अपेक्षा राखिएको नवल खड्काले बताउदै आएका छन् । करिव तीन करोडको लगानीमा निर्माण भएको चलचित्रको रिलिज मिति भने तोकिएको छैन ।
यस अघि नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरू संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने चेतावनी दिएका थिए ।
उनले भने – सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरू काटेर मात्रै प्रसारण गर्न भन्दै चलचित्र प्रसारणमा रोक लगाएको थियो ।
चलचित्रको कथा बस्तुबाट नेपाल भारत बिचको सम्बन्ध बिग्रन सक्ने भन्दै रिलिज हुन बाट रोक लगाएको दर्शकहरुको भनाई छ ।