१६ कातिक, जनकपुरधाम । सीपमुलक तालिम पाएपछि स्वदेशमै बस्ने मटिहानीका युवाहरुले बताएका छन ।
प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले महोतरीको मटिहानी नगरपालिकाका बिभिन्न वडामा स्थानीय युवाहरुलाई लक्षित गरी बिभिन्न सीपमुलक कार्यक्रम सँचालनमा ल्याएको हो ।
महोत्तरीको वडा १, ७ र ९ मा यु.एस.ए.आइ.डि को आर्थिक सहयोगमा तथा मटिहानी नगरपालिकाको समन्वयमा “यु एस ए आइ डि लोकल वोर्क्सः महोत्तरी“ परियोजना अन्र्तगत २०७९ साल असार देखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सो परियोजनाबाट मटिहानीका स्थानीय युवाहरुलाई सिपमुलक तालिम र १५००० आर्थिक सहयोग गरिएको छ । स्थानीय किसान तथा युवाहरुलाई सानो लगानी र सीपले आफनो जीवनमा सुधार ल्याउन सक्ने उद्देश्यले तालिम दिईएको हो ।
जम्मा ७५ जना स्थानीय किसान तथा युवाहरुलाई ६ दिनको अगरबती तथा बाँसको सामाग्री बनाउने तालिम, १० दिनको लाह चुरा बनाउने तालिम, ३ दिनको तयारी खाना बनाउने तालिम, १५ दिनको मोटरसाईकल मर्मत तालिम, १५ दिनको ईलेक्ट्रिसियन तालिम, र १५ दिनको मोबाईल मर्मत तालिम दिईएको छ ।
विश्वव्यापी महामारी, विपद लगायत अन्य विविध कारणले घरपरिवार र समुदायमा आएको आर्थिक बोझ तथा प्रभावलाई न्यूनिकरण गरी सीमान्तकृत समुदायका महिला, बालबालिका, वृद्ध, वैदेशिक रोजगारी बाट फर्केका आप्रवासी र अपाङ्गता भएका ब्यक्ति भएको घरधुरिलाई जीविकोपार्जनमा सहयोग गर्नकालागी परियोजनाले नर्सरी, च्याउ, कुखुरा पालन, करेसाबारी, खनिज ढिक्का तथा बगरखेती सम्बन्धी तालिम संचालन गरेको हो । बिउ बिजन बितरण तथा नगद सहयोग , वातावरण सँरक्षण र जलवायु परिवर्तन हुने उद्देश्यले मटिहानीको वार्ड १,७ र ९ मा फलफुलको जम्मा १००० बिरुवा रोप्नेकाम सके लगतै प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले स्थानीय युवाहरुलाई सिपमुलक तालिम मार्फत सिपमा आधारित बिभिन्न किसिमको तालिम दिएर ७५ जनालाई उहाहरुकै खातामा १५००० को दरले नगद सहयोग गर्ने योजना रहेको कार्यक्रम परियोजनाका व्यवस्थापक राजेश राईले बताएका छन ।
हाथमा सिप र नगद सहयोग पाएपछि अब स्वदेशमै ब्यापार गर्ने सोच रहेको तालिमका सहभागीहरुको भनाई रहेको थियो । परियोजना व्यवस्थापक राजेश राईको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन शत्रमा परियोजनाका अनुगमन तथा मुल्याँकन अधिकृत धर्मानन्द ठाकुरले सहभागीहरुले सिकेका बिषय वस्तुहरुलाई राम्ररी सदुपयोग गर्न युवाहरुलाई सुझाव दिएका थिए । सो तालिम सफलताका साथ सम्पन्न भएको जानकारी उद्दमशिल अधिकृत रघुविर रायले बताए ।