फैलियो आँखा पाक्ने रोग, कसरी बच्ने ?

काठमाडौं । केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।

सुर्खेत आँखा अस्पतालको बहिंरग सेवामा ६ सयभन्दा बढी बिरामी आँखा जचाउन आउने गरेका छन् । अस्पतालका प्रमुख तथा नेत्ररोग विशेषज्ञ डा. मनिष खतिवडाका अनुसार यसभन्दा अगाडि दैनिक २ सय बिरामी आउने गरेकामा पछिल्ला दिनमा बिरामी तीन गुणासम्मले बढेका हुन् ।

‘आँखा पाक्ने समस्या भएका बिरामी अत्यधिक रुपमा अस्पताल आइरहेका छन् । समुदायस्तरमा आँखा पाक्ने समस्या प्रकोपका रुपमा देखिएको छ’, डा. खतिवडाले भने, ‘बढीजसो बालबालिका र युवामा समस्या देखिएको छ ।’

उनका अनुसार बिरामीको संख्या अत्याधिक बढेकाले आँखा पाकेका बिरामीलाई मात्रै छुट्टै जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. सुशान्त अडिगाले जानकारी दिए । उनका अनुसार आँखा पाक्ने समस्या लिएर तिलगंगामा दैनिक ७०–८० जना आइरहेका छन् ।

प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. कौशल पोखरेलका अनुसार कन्जन्टिभाइटिस रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । यसका कारण भने धेरै छ, तीमध्ये प्रमुख कारण हो इन्फेक्सन ।

‘इन्फेक्सनले आँखामा सूक्ष्म जीवाणुलाई असर गर्ने गर्छ’, डा. पोखरेल भन्छन्, ‘त्यसबाहेक पनि आँखामा एलर्जी, धुलोधुवाँको असर, रासायनिक पदार्थहरु आँखामा पर्‍यो भने पनि आँखा पाक्ने समस्या हुन्छ ।’

कस्ता लक्षण देखिन्छन् ?

डा. अडिगाका अनुसार यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन् । ‘यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले दीर्घकालीन असर भने गर्दैन । तर, कसैमा संक्रमण फैलिएर आँखाको नानीमा जान सक्छ’, डा. अडिगाले भने, ‘आँखाको नानीमा संक्रमण भएमा घाउ हुने सम्भावना हुन्छ ।’

आँखाको नानीमा असर गर्दा घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गाह्रो हुन्छ । आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्या पनि रहन सक्छ । चिकित्सकका अनुसार समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ । आँखा पाक्ने रोग देखिएपछि एक देखि दुई हप्तामा आफैं कम हुँदै जान्छ । कसै–कसैमा लामो समयसम्म पनि रहन सक्छ ।

‘बिहान उठ्दा आँखाका परेला टाँसिन सक्छ र, अरु बेला भन्दा अलि धेरै कचेरा वा चिप्रा लाग्ने समस्या पनि हुन्छ । कचेरा वा चिप्राचाहिँ कसैकसैमा एकदम तरल पानीजस्तो हुन्छ भने कसैकसैमा पिपजस्तो पहेँलो पनि हुन्छ’, डा. पोखरेल भन्छन्, ‘कसैकसैमा चाहिँ रेशाजस्तो तन्किने खालको पनि हुनसक्छ । यो कुन खालको हुन्छ भन्नेचाहिँ कुन कारणले गर्दाखेरि आँखा पाकेको हो त्यसले फरक पार्छ ।’

डा. अडिगाका अनुसार आँखा पाक्ने समस्या वर्षातको समयमा बढी देखिन्छ । ‘पानी पर्ने र रोकिने भइरहेका बेला हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ । यस्तो बेलामा भाइरस बढी संक्रामक हुनजान्छ’, उनले भने ।

कसलाई बढी जोखिम ?

चिकित्सकका अनुसार आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ ।

विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सजिलै सर्ने भएकाले यसले घरको सबै सदस्यलाई संक्रमित पनि गराउन सक्छ । ‘तर आँखा पाकेको मानिसमा हेर्दैमा रोग सर्दैन । आँखा पाक्ने रोग आँसुबाट मात्रै सर्छ’, डा. पोखरेल भन्छन् ।

कसरी बच्ने ?

चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । ‘आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ’, पोखरेलले भने ।

डा. अडिगा भने आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन सुझाव दिन्छन् । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने उनी बताउँछन् । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ ।

घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन ।

आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । चिकित्सकका अनुसार आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न चिकित्सकहरु सुझाव दिन्छन् ।

Related posts:

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइनेछ

महानगरमा शक्तिहीन बने बालेनः न कार्यपालिका साथमा, न नगर प्रहरी हातमा

सदनको अवरोध हटाउन सभामुख छलफलमा

पुल बेचेको आरोपमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ

यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

नक्सालमा राजावादी र प्रहरीबिच धकेलाधकेल

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

आज विश्व धूमपानरहित दिवस क्यान्सरको जोखिमबाट जोगिन सल्लाह

संसद्‌को अवरोध विषयमा सभामुखले बोलाए सचेतकहरूको बैठक

खुँडा र ढालसहित एमालेको प्रदर्शन

भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि

तीनवटा मोबाइल चलाउँथे भट्टराई , एउटा मोबाइल सेटिङमा मात्रै प्रयोग

सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना

दुई करोड रुपैयाँको तरबुजा बिक्री

रामेछापमा एम्बुलेन्स दुर्घटना : तीनजना घाइते, दुई गम्भीर

गाजामा भोकमरीले ज्यान गुमाउँदै हजारौं शिशुहरू

नवनियुक्त गभर्नर पौडेलद्वारा शपथ एवम पदभार ग्रहण

प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने लिङ्देनको भनाइ

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

Leave a Reply

Your email address will not be published. Required fields are marked *