१७ साउन, काठमाडौं । नेपालमा स्नातक तहलाई चारवर्षे बनाइएको एक दशक पनि पूरा नहुँदै यसको औचित्यमाथि प्रश्न उठेको छ । त्रिभुवन विश्वविद्यालय र अरू केही विश्वविद्यालयका प्राध्यापक तथा शिक्षकहरूले चारवर्षे स्नातकको समीक्षा आवश्यक रहेको अभिव्यक्ति सार्वजनिक गरेर छलफलको प्रारम्भ गरेका छन् ।

२०५२ सालसम्म दुई वर्षको रहेको स्नातक तहलाई २०५३ सालदेखि २०७१ सम्म तीन वर्षको बनाइएको थियो । तर विदेशका कतिपय विश्वविद्यालयमा चारवर्षे स्नातक तह रहेको र नेपाली विद्यार्थी ती विश्वविद्यालयमा पढ्न जाँदा स्नातकमै थप एक वर्ष पढ्नुपर्ने कारण देखाएर नेपालमा २०७२ सालदेखि चारवर्षे स्नातक कार्यक्रम सुरु भएको थियो ।

मुलुककै ठूलो त्रिभुवन विश्वविद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा संकायमा २०७२ साददेखि र मानविकी तथा सामाजिक शास्त्र संकायमा २०७६ देखि स्नातक कार्यक्रम चार वर्षको बनाइएको थियो । तर हिजोआज स्नातक तहमा भर्ना हुने विद्यार्थी घटिरहेको र भर्ना भएकाहरूले पनि बीचैमा पढाइ छाड्ने गरेको पाइएको प्राध्यापकहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डीन प्रा.डा.चित्रबहादुर बुढाथोकीका अनुसार स्नातक तह दुई वर्षको हुँदा भर्ना भएका अधिकांश विद्यार्थीले पढाइ पूरा गर्थे । तीन वर्षको बनाएपछि करिब २५ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाड्थे । अहिले चार वर्षको बनाएपछि अन्तिम परीक्षा दिने विद्यार्थी ३० देखि ३२ प्रतिशत बाँकी रहने गरेका छन् ।

चारवर्षे स्नातकको नतिजा आउँदासम्म ६ वर्ष लाग्ने, स्नातक उत्तीर्ण भइसक्दा पनि जागिरको ग्यारेन्टी नहुने जस्ता कारणले भर्ना हुने र ड्रप आउट हुने विद्यार्थी बढिरहेको उनको भनाइ छ ।

‘स्नातक तह पढ्नकै लागि ५÷६ वर्ष लाग्ने भएपछि छोडिरहेका छन् । त्यसैले यो अलि व्यावहारिक भएन कि, देशलाई सुहाउँदो भएन कि भनेर छलफल हुनुपर्छ’, बुढाथोकीले भने ।

चारवर्षे स्नातक कार्यक्रमले विद्यार्थीको समय धेरै खपत गरेको, अभिभावकलाई बोझिलो भएको व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराम शर्मा बताउँछन् । यही कारण वैदेशिक अध्ययनमा जाने विद्यार्थी बढेको हुनसक्ने उनको भनाइ छ । ‘तीनवर्षे बनाएर मात्रै विद्यार्थी रोकिन्छ भन्ने होइन सबै कार्यक्रम चार वर्षकै चाहिन्छ त भनेर सोच्ने बेला चाहिं भएको छ ।’

चिकित्सा शिक्षा, विज्ञान, सूचनाप्रविधि, इन्जिनियरिङ लगायत प्राविधिक विषयको स्नातक चार वर्षको उचित भए पनि शिक्षा, मानविकी र व्यवस्थापन जस्ता विषय तीन वर्षको बनाउँदा पनि हुने उनको राय छ । यद्यपि यस विषयमा व्यापक छलफल हुनुपर्ने प्रा.डा. शर्मा बताउँछन् ।

शिक्षा शास्त्र संकायको स्नातक तह चार वर्षको बनाउँदा धेरै विषयवस्तुको ज्ञान हुने, विद्यार्थीको बुझाइ फराकिलो हुने, हरेक विषयको गहिरो ज्ञान हुने हुनाले राम्रा शिक्षक उत्पादन हुने तर्क गरिएको थियो ।

तर चारवर्षे स्नातकबाट उत्पादन भएका विद्यार्थी पनि शिक्षकको प्रतिस्पर्धात्मक परीक्षा, ज्ञान, सीप, शिक्षण दक्षतामा धेरै फरक नदेखिएको शर्माले बताए । ‘तीनवर्षे र चारवर्षे कार्यक्रमले शिक्षण दक्षतामा पनि खासै फरक नदेखिंदा अव्यावहारिक, लामो र खर्चिलो मानेर विद्यार्थीले पढाइ पूरा नगरेको देखियो’, उनले भने ।

डीन प्रा.डा. शर्माले चारवर्षे स्नातक कार्यक्रमको समीक्षा हुनुपर्ने बताए । ‘हामीले चारवर्षे कोर्सबाट जुन प्रतिफलको अपेक्षा गरेका थियौं त्यो अनुरूप प्रतिफल आयो कि आएन समीक्षा गर्नुपर्ने बेला आयो’, उनी भन्छन् ।

चार वर्षको स्नातक कार्यक्रमका लागि पाठ्यक्रम सुधार, प्रयोगात्मक विषय थप गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

विदेशका कतिपय विश्वविद्यालयमा स्नातक तह तीन वर्षकै छ र स्नातकोत्तर तह एक वर्षको छ । ती विश्वविद्यालय पढेर आउने विद्यार्थीले त्रिविबाट समकक्षताको प्रमाणपत्र पनि पाइरहेका छन् ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनका प्रा.डा.लक्ष्मण ज्ञवाली भने तीनवर्षेबाट चारवर्षे बनाउनु नै गलत भएको बताउँछन् । अमेरिका, बेलायत पढ्न जाँदा नेपाली विद्यार्थीले स्नातकमै थप एक वर्ष पढ्नुपर्ने भनेर यहाँ सबै विश्वविद्यालयका कार्यक्रम चार वर्षको बनाउनु गलत हुने उनको भनाइ छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply