जनकपुर, १३ साउन। सप्तरीमा एक मिटरब्याजी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत सप्तरीको आदेशमा राजविराज नगरपालिका ७ का ६४ वर्षीय रामाप्रसाद साहुलाई शुक्रबार पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीविरूद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान भएको थियो। प्रहरीले जिल्ला अदालतमा मुद्दा पेश गर्दा १८ लाख धरौटी माग गरेको थियो।
तर धरौटी तिर्न नसकेपछि उनलाई पुर्पक्षका लागि सप्तरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।