२६ जेठ, काठमाडौं । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने छ ।

यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ । १५ जेठमा परिस्कृत रुपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रुको भन्सार सुविधाअन्तरगत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ ।

यसअघि नै यस्तै प्रकृतिको नियम भए पनि कार्यान्वयन नहुँदा नेपाली उद्योगी/व्यापारी र बजार मर्कामा परेको गुनासो पछि परिस्कृत रुपमा कडाइको व्यवस्था गरिएको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए ।

‘नयाँ नियम राजपत्रमा आएसँगै हामीले मातहतका कार्यालयलाई यसबारे जानकारी गरायौं, अहिले कार्यान्वयन सुरु भएको छ,’ उनले भने, ‘नेपाल-भारत सीमामा भारततर्फका बजारमा गरिने किनमेलमा एक सय रुपैयाँ भन्दा धेरै भयो भने त्यो भन्सार घोषणा गरेर मात्रै नेपाल ल्याउन पाइन्छ ।’

यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने मालवस्तु जाँच पास सम्बन्धी संशोधनको ५ नम्बर बुँदामा यस्तो व्यवस्था गरिएको छ । जसमा हवाई यात्रुले ल्याउन पाउने यात्रु सुविधाका वस्तुहरुको कुनै पनि सुविधा स्थलमार्गका सर्वसाधारणलाई छैन । तर, भारतीय सेनामा काम गर्ने सैनिक अधिकारी, भारत र चीनमा पढ्न जाने विद्यार्थीलाई भने कम्प्युटर र ल्यापटप ल्याउन भने सुविधा दिइएको छ ।

विभागकाअनुसार नियमानुसार व्यक्तिगत प्रयोजनका लागि एक सय रुपैयाँसम्मका वस्तु ल्याउँदा पनि भन्सारले जाँच परीक्षण गर्नु पर्ने उल्लेख छ । तर, विभाग अन्तरगतका मातहत कार्यालयहरुले भने एक सय रुपैयाँसम्मका वस्तुहरु ल्याउन दिने तर सो भन्दा बढीको वस्तुमा भन्सार लाग्ने भन्दै सूचना जारी गरेका छन् ।

विभागको निर्देशन लगत्तै भैरहवा भन्सार कार्यालयले एक सूचना जारी गरेर भारतबाट नेपाल आउने यात्रुहरुले ल्याउन पाउने सामानबारे प्रष्ट्याएको छ । कार्यालयका प्रमुख भन्सार प्रसाशक मनिराम पौडेलकाअनुसार अब भारतीय बजारमा किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुको अनिवार्य भन्सार घोषणा गर्नुपर्ने छ ।

दुई देशको सीमामा भारततर्फ किनमेल गर्ने नेपाली प्रवृतिका कारण नेपालमा परेको असर कम गर्न यस्तो नियमन सुरु भएको पौडेलले बताए । ‘बिहे, ब्रतबन्ध, दशैं, तिहारको किनमेल गर्न समेत भारतीय बजारमा गर्न पहाड देखिका मानिसहरु आउँछन्,’ पौडेलले भने, ‘कर लगाएर सामान ल्याउने नेपाली व्यापारीको पसल नचल्ने तर भारतीय बजार गुल्जार हुने प्रवृत्ति रोक्न पनि यो नियममा कडाइ थालिएको हो ।’

स्थानीय तह, जिल्ला प्रशासन र व्यवसायीहरु बीचको छलफल पछि यस्तो व्यवस्था लागु गरिएको उनले प्रष्ट्याए ।

भन्सार विभागले पनि कर नलाग्ने बजारमा गएर नेपाली मुद्रामा गरिने कारोबार निरुत्साहित गर्न यस्तो नियम कडाइका साथ कार्यान्वयन थालिएको जनाएको छ । अझ अहिले त नेपाली रुपैयाँ बलियो भएको बेला भारतीय बजारमा हुने कारोबारले उल्टै मुलुकलाई असर गरेको विभागको दाबी छ ।

पूर्वको ठूलो भन्सार नाका विराटनगरले पनि स्थलमार्गबाट यात्रुले गर्ने कारोबारलाई कडाइ थालेको छ । विराटनगर भन्सार कार्यालय रानीका प्रमुख ज्ञानेन्द्रराज ढकालले भन्सारमा कडाइ गरिएको बताए । एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउनेलाई पैसा तिराइने गरेको र यस्तो कारोबारमा संलग्न नहुन माइकिङ गरेर हरेक दिन सम्झाउने काम भइरहेको ढकालले बताए ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply