११ जेठ, काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विज्ञापन खुलेको छ । सीईओ पदका लागि दरखास्त दिने म्याद आजदेखि १५ दिनको समय छ ।

ऊर्जा मन्त्रालयका सचिव अध्यक्ष हुने यो कम्पनीको सीईओ बन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनुपर्दछ ।

साथै इन्जिनियरिङ विषयमा स्नातक पछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव र अन्य पूर्वाधार क्षेत्रको कम्तीमा दुई वर्षको कार्य अनुभवसहित मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धत प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापन वा अध्ययन अनुसन्धानको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।

त्यस्ता व्यक्ति ४० वर्ष पूरा भई ६१ वर्ष ननाघेको पनि हुनुपर्दछ । योग्यता पुगेका नेपाली नागरिकले दरखास्तसँगै आफ्नो बायोडाटा र व्यवसायिक रणनीति कार्ययोजना समेत बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

विद्युत् उत्पादन कम्पनी लिमिटेडको सीईओको पदावधि नियुक्ति मितिले चार वर्षको हुन्छ ।

जलविद्युत आयोजनाहरु निर्माण गर्ने एकमात्र उद्देश्य राखेर विद्युत् उत्पादन कम्पनी लिमिटेड २०७३ मंसिर ५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत दर्ता भएको थियो ।

यो कम्पनीमा २० प्रतिशत संस्थापक सेयर ऊर्जा मन्त्रालयको छ । विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल टेलिकमको १०-१० प्रतिशत तथा अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको ५-५ प्रतिशत संस्थापक सेयर छ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले ५ र राष्ट्रिय बीमा संस्थानले २ प्रतिशत सेयर लगानी गरेका छन् ।

कम्पनीमा २९ प्रतिशत सेयर नेपाली नागरिकको छ । जसमध्ये सर्वसाधारणलाई १७, आयोजना प्रभावित जिल्लाका बासिन्दालाई १० र अति विपन्न परिवारलाई २ प्रतिशत सेयर दिइएको छ ।

यसको सञ्चालक समितिमा ऊर्जा मन्त्रालयले मनोनयन गर्ने २ जना र अर्थ मन्त्रालय र कानुन मन्त्रालयबाट आलोपालो गरी १ जना, संस्थापक सेयरधनीहरु २ जना, सर्वसाधारण सेयरधनीहरु मध्येबाट २ जना र जलविद्युत विशेषज्ञ तथा वित्त विशेषज्ञ गरी २ जना रहने व्यवस्था छ ।

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply