३ फागुन, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका दुई थुनुवा अझै पक्राउ पर्न सकेका छैनन् ।

पुस १५ गते राति हिरासत फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये योजनाकारसहित चारजनालाई प्रहरीले एक साताभित्रै पक्राउ गर्न सफल भएको थियो ।

तर, दुई सात्ता बित्दासमेत हातहतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका ६ बस्ने शंकर महतो र शान्ति सुरक्षाविरुको कसुरका मिथिला नगरपालिका २ का रोसन यादव भने पक्राउ पर्न सकेका छैनन् ।

फरार दुवै थुनुवा भारत पसेकाले पक्राउ गर्न नसकिएको धनुषा प्रहरीले जनाएको छ । ‘हामी दुवैजनाको खोजतलासमै हामी तल्लिन छौं । इण्डिया जानु पर्नेस्थिति भएछ । यहाँ छैन,’ धनुषका एसपी विश्वराज खड्काले भने ।

शंकर महतो र रोशन यादवका साथै हिरासतबाट लागुऔषध कसुरमा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका ५ का ३९ वर्षीय विनोदकुमार शर्मा, शान्ति सुरक्षाविरुको कसुरमा क्षिरेश्वरनाथ नगरपालिका २ का २५ वर्षीय अमित मण्डल, २५ वर्षीय हरिदीप सिंह, हातहतियार मुद्दाका मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो हिरासतबाट फरार भएका थिए ।

घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त प्रहरी टोली परिचालन गरी व्यापक सर्च अपरेशन चलाएको थियो । खोज तलास गर्ने क्रममा घटनाकै भोलिपल्ट पुस १६ गते रोशन, १७ गते हरिदिप र अमितलाई पक्राउ गरेको थियो भने १८ गते राति विनोदलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसरी भागेका थिए ६ थुनुवा

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर जकपुर ढल्केबर सडक खण्डको पश्चिमपट्टि टासिएरै रहेको छ ।

दक्षिण छेउबाट सिन्धुलीटोलको बाटो पुग्छ । केही वर्ष पहिलासम्म दक्षिण तर्फबाट इँट्टाको वालसहित तारबार थियो । तर सकड विस्तारको क्रममा बार भत्काएपछि अगाडीको दक्षिण छेउको भागतिर भवनको भित्ताहरु सडकसँगै टासिएको छ ।

कार्यालयको पश्चिम दक्षिण कुनामा छ हिरासत्त कक्ष । स्थानीयहरुका अनुसार इलाका प्रहरी कार्यालयको भवन ४० वर्षभन्दा बढी पुरानो छ । तलका भाग जीर्ण भएर कमजोर भइसकेको छ ।

हिरासतमा सबभन्दा बढी १८ दिनदेखि थिए विनोद शर्मा । लागुऔषध मुद्दामा २८ पुसमा पक्राउ परेका विनोदले नै हिरासत फोड्ने योजना बुनेका थिए ।

विनोद नै भित्ता फोडेर भाग्ने मुख्य योजनाकार रहेको धनुषा प्रहरीका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

प्रहरीका अनुसार विनोद भित्ता फोडेर भाग्ने योजना बनाउँदै थोरथोरै फोड्ने काम सुरु गरेका थिए ।

फोड्ने कामको लागि शौचालयको ढोकाबाट स्टिलको पाता जस्तो सानो भाग तोडेका थिए शर्माले र त्यसैलाई भित्ता खोद्ने अस्त्र बनाए ।

पछि अन्य मुद्दाका थुनुवाहरु थपिंदै गए । माघ ३ गते शान्ति सुरक्षाविरुद्धको कसुरमा अमित मण्डल र रोसन यादव, माघ १० गते सोही कसुरमा हरिदीप सिंह पक्राउ परेका थिए ।

माघ १२ गते मिथिला नगरपालिका २ नक्टाझिजबाट पेस्तोल र २ वटा गोलीसहित रोशन महतो पक्राउ परी हिरासतमा थपिएका थिए ।

रोशनकै बयानको आधारमा उनका छिमेक शंकर महतो पनि सोही दिन पक्राउ परे । एकजना सवारी दुर्घटना मुद्दामा केही दिनदेखि हिरासतमा थिए । उनीहरु सबै मिलाएर सातजना थिए हिरासतमा ।

प्रहरी स्रोतका अनुसार जब हिरासतमा रोशन र शंकर पुगे तब विनोदको भित्ता फोडेर भाग्ने योजनामा बल पुग्यो ।

पालैपालो भित्ता खोद्ने काम तीन दिनमा तीव्र पारे । पुस १५ गते राति ३ बजेतिर मानिस छिर्ने गरी झण्डै डेढफिटको गोलो भित्ता फोड्न सफल भए ।

त्यसपछि ६ जना पालैपालो निस्केर भाग्न सफल भएको बयान पक्राउ अभियुक्तहरुले दिएको एक प्रहरी अधिकारी बताउँछन् ।

एक जना सवारी मुद्दाका अभियुक्त भने मोटो ज्यान भएका कारण दुलोबाट छिर्नै नसकेपछि हिरासतमा बाँकी रहे ।

‘फोडेपछि सबैले पालैपालो एकअर्कालाई धकेल्ने र तान्ने काम गरे । मोटो भएका कारण सवारी ज्यान मुद्दाका अभियुक्त निस्किनै सकेनन् । मोटो शरीर रहेका उनलाई भित्रबाट पनि धकेल्ने कोही भएनन् । बाध्य भएर हिरासतमै बसे,’ ती प्रहरी अधिकारीले भने ।

अगाडिबाट पछाडिको हिरासत कक्ष देखिंदैन । राति ३ बजेतिर उनीहरु फरार भइसकेका थिए । साढे तीन बजेतिर प्रहरीले थुनुवा फरार भएको सुइको पायो । हलचल मच्चियो । धनुषा प्रहरी र मधेश प्रहरी संयुक्त टोलि बनाएर तीव्र खोजीमा लागे । सो घटना हुनुमा प्रहरीले दैनिक हिरासतको निरीक्षण नगर्दा भएको आशंका छ ।

‘हिरासतमा थुनुवाले आत्महत्या गर्न सक्ने विगतका घटनाहरुलाई नजर अन्दाज गरी दिनहु निरीक्षण गर्नु पर्ने हुन्छ । तर पहिलादेखि नै हिरासत्त फोड्ने क्रम चलिरहँदा पनि थाहा नपाउनु प्रहरी इन्चार्जसहित त्यहाँको टोलीको गम्भीर लापरबाही हो । जबकि हिरासत कक्षमा सीसीटीभी पनि जडान छ,’ एक प्रहरी अधिकारीले भने ।

घटनाकै बिहान त्यहाँका इन्सपेक्टर बेचन यादव नेतृत्वको २५ प्रहरी त्यहाँबाट हटाएर जिल्ला तानिए ।

हिरासतको विशेष जिम्मेवारीमा रहेका असई अशोककुमार मण्डल, वरिष्ठ प्रहरी हबल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरियो ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी मनोज यादवको संयोजकत्वमा ६ र जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन टोली बनाएर घटनाको अनुसन्धान थाल्यो ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply