१६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन बिहीबारदेखि जनकपुरधाममा सुरु भएको छ । अधिवेशन सुरु भए पनि निर्वाचन प्रक्रिया अनिश्चित छ ।

प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बन्ने देखिएको छ । अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले शुक्रबारसम्म जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने जानकारी पाएको बताए ।

शुक्रबार जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भए शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने उनले बताए । शनिबार मतदाता नामावली प्रकाशन, त्यसमाथिको दावी विरोध, उम्मेदवारी दर्ता र त्यसमाथिको दावी बिरोधका कार्यक्रम निर्धारण गरिएको रिजालले बताए ।

त्यसपछि आइतबार निर्वाचन गराइने उनले बताए । ‘भोलि शुक्रबारसम्म बाँकी रहेका जिल्लामा क्षेत्रीय अधिवेशन हुनेमा विश्वस्त छु’ उनले भने, ‘यदि हुन सकेन भने त्यस अनुसारको प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रदेश सभापतिमा ४ जनाको आकांक्षा

पहिलो पटक हुन गइरहेको कांग्रेसको प्रादेशिक अधिवेशनमा नेतृत्वका लागि संस्थापन र संस्थापन इतरका एक भन्दा बढी नेताले आकांक्षा देखाएका छन् ।

सप्तरीका सभापति दिनेश यादव, धनुषाका पूर्वसभापति रामसरोज यादव, महोत्तरीका महेन्द्र राय र रौतहटका कृष्णा यादवले प्रदेश समितिको सभापतिमा आकांक्षा राखेका छन् ।

धनुषाका पूर्वसभापति रामसरोज प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री समेत हुन् । उनी यसअघि जिल्ला विकास समितिको सभापति र संविधानसभा सदस्य पनि भइसकेका छन् ।

सप्तरीका सभापति यादव पनि जिल्ला विकास समितिका सभापति भइसकेका छन् । उनी अहिले दोस्रो पटक जिल्लाको सभापतिमा छन् ।

महोत्तरीका सभापति महेन्द्र राय चार पटक जिल्ला सभापति भइसकेका नेता हुन् । उनी २०५६ सालमा महोत्तरी क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री पनि बनेका थिए ।

रौतहटका कृष्णा यादव पनि दोस्रो पटक सभापति भइसकेका व्यक्ति हुन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा उनी संविधानसभा सदस्य थिए ।

प्रदेश अध्यक्षका लागि आकांक्षी देखिएका यी चारै जना पार्टी सभापति देउवा पक्षका हुन् । प्रदेश मन्त्री रामसरोज र सप्तरी सभापति दिनेश यादव देउवा पक्षका भएपनि उपसभापति विमलेन्द्र निधि निकट मानिन्छन् ।

बिहीबार शुरु भएको अधिवेशनको पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमले उद्घाटन गरे । यसपछि पार्टी उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply