१४, मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट ‘चिन्ताको विषय’ भए पनि डराइहाल्नु पर्ने अवस्था नभएको बताएका छन् ।

सोमबार ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण नभएको बताएका हुन् । ‘यो भेरियन्ट चिन्ताको विषय हो तर यसबाट डराउनुपर्ने कुनै कारण छैन’, उनले भने । उनले खोप लगाएकालाई बुस्टर डोज लगाउन समेत आग्रह गरेका छन् ।

‘यदि तपाईंले खोप लगाइसक्नु भएको छ र नयाँ भेरियन्टका कारण चिन्तित हुनुहुन्छ भने बुस्टर डोज लगाउनुहोस्’, बाइडेनले थपे, ‘यदि खोप लगाउनु भएको छैन भने लगाइ हाल्नुहोस् । पहिलो डोज लगाउन गइहाल्नुहोस् ।’

प्रमुख खोप निर्मातासँग अमेरिकाका स्वास्थ्य अधिकारीले परामर्श गरिरहेको र ओमिक्रोनको उत्परिवर्तनबारे आउन सक्ने संभावित अपडेटका लागि तयारी गरिरहेको पनि बाइडेनको भनाइ थियो । बाइडेनले लकडाउन वा थप यात्रा प्रतिबन्ध नलगाइकनै ओमिक्रोनलाई नियन्त्रण गर्ने अवस्थामा अमेरिका रहेको पनि बताए ।

बाइडेनले खोप लगाउने र मास्क प्रयोग गर्ने हो भने लकडाउनको अवस्था नआउने पनि बताए । उनले नयाँ भेरियन्टविरुद्ध विद्यमान खोप र बुस्टर डोजले काम गर्न सक्ने संभावना रहेको भनेर प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले बताएको पनि सुनाए । नयाँ भेरियन्टसँग वैज्ञानिक कदम चालेर जुध्ने पनि उनको भनाइ थियो ।

‘भद्रगोल र अलमलको साटो वैज्ञानिक एवं ज्ञानयुक्त कार्य र गतिका साथ यो भेरियन्टसँग लड्ने छौं’, उनले भने ।

अमेरिकाले सोमबारदेखि दक्षिण अफ्रिकासहित अन्य ७ मुलुकबाट हुने हवाइ यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । मानिसहरूलाई खोप लगाउने समय दिन भन्दै यात्रा प्रतिबन्ध लगाइएको बाइडेनले प्रस्ट पारेका छन् ।

हालसम्म अमेरिकामा ओमिक्रोनका संक्रमित फेला परेका छैनन् । तर छिमेकी मुलुक क्यानाडामा ४ जनामा ओमिक्रोन फेला परेको समाचारमा उल्लेख छ ।

(एजेन्सीहरूको सहयोगमा)

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply