२४ कार्तिक, जनकपुरधाम । हेटौंडा–११ नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु भएका २ मध्ये १ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा यात्रुबाहक बस चालक चन्द्रागिरी नगरपालिका–२ काठमाडौंका २९ वर्षीय सरोज परियार रहेका प्रहरीले जनाएको छ ।

गएराति १२ : ३० बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको नवलपुलस्थित सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर घाइते भएका परियारको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएका दुई जनामध्ये अर्का एक जनाको सनाखत भने हुन सकेको छैन । ना ७ ख ८७६ नम्वरको यात्रुबाहक बसका चालक परियार जनकपुरबाट यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको प्रदेश नम्वर २– ०३० १ ख ५०३५ नम्वरको ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा उनीसँगै आर्क एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १५ जनाको चुरेहिल अस्पतालमा र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । घाइते मध्ये बसका सहचालक जनक नन्दनी–६ बस्ने वर्ष १९ को शुवम झाको अवस्था गम्भिर रहेको प्रहरी नायव उपरिक्षक रिमालले बताए । घाइते झाको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक रिमालले बताए ।

घाइते हुनेहरूमा महोत्तरी बर्दिवास नगरपालिका–१४ बस्ने वर्ष ३९  को ज्ञानेन्द्र चौधरी, धनुषा बिदय नगरपालिका–३ बस्ने वर्ष २६ को महमद सकिल अमद, धनुषा बस्ने वर्ष ३५ को शम्भु दास रहेको प्रहरीले जनाएको छ । उनीहरूको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने वर्ष ५९ को सुर्य ब.सुनार, धनुषाको सहिदनगर नगरपालिका–२ बस्ने वर्ष २६ को प्रवल कुमार यादव, धनुषाको धनुषा नगरपालिका–७ किसनपुर बस्ने वर्ष २८ को सुरेश सदा, धनुषाको धनैजी नगरपालिका–१ औरहि बस्ने वर्ष २१ को शम्भु कुमार महरा, धनुषा कमला नगरपालिका–२ राधे बस्ने वर्ष ३९ को रविन्द्र मण्डल, काभ्रेको मण्डन देउपुर नगरपालिका–७ बस्ने वर्ष २९ को हरी कुमार श्रेष्ठ, धनुषाको मिथिला नगरपालिका–९ बस्ने वर्ष २३ को कवि गिरी, धनुषा जनक नन्दनी गाउँपालिका–४ खजुरी बस्ने वर्ष ३८ को विपद दास, जनक नन्दनी गाउँपालिका–३ बस्ने वर्ष २० को अल्ताब राईम, कमला–२ बस्ने वर्ष ३७ को झगडु सहनी, जनक नन्दनी–३ बस्ने वर्ष ३७ को अवताबुल रहमान, सहिदनगर–५ बस्ने वर्ष ३२ को जितेन्द्र महरा, कमला–२ बस्ने वर्ष ३६ को राम भरौजी मुखिया,  ट्रकको सहचालक निजगढ–४ बस्ने वर्ष २५ को बासुदेव गोले रहेका छन् । उनीहको अवस्था मध्यम स्तरको रहेको प्रहरीले जनाएको छ । उनीहरूको चुरेहिल अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

ट्रकका चालक बाराको निजगढ नगरपालिका–४ पुरानोटोल बस्ने वर्ष ३३ को टंकबहादुर विक सामान्य सामान्य घाइते भएको र उनलाई उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply