१० कात्तिक, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकले वडाध्यक्षले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् । प्रसौनी–६ स्थित नेपाल राष्ट्रिय मावि बेलहियाका प्रधानाध्यापक पवन सिंहले वडाध्यक्ष वृजकिशोर कुशवाहाले आफूलाई कुटपिट गरेको दाबी गरेका हुन् ।

वडाध्यक्ष कुशवाहाले कार्यालयमै थुनेर कुटेको प्रधानाध्यापक सिंहको दाबी छ । घटनापछि वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराएर फर्केको उनले बताए । स्रोतका अनुसार वडाध्यक्ष कुशवाहा र सिंहबीच दुई वर्षदेखि नै त्यति राम्रो सम्बन्ध थिएन ।

दुई वर्षअघि प्रधानाध्यापक सिंह सरुवा भएर विद्यालय जाँदा वडाध्यक्ष कुशवाहाले हाजिर गर्न दिएका थिएनन् । उनी बल्लतल्ल हाजिर भएका थिए । सिंहले वडाध्यक्ष कुशवाहाले आफूसँग पैसा दिनु भनेर माग्ने गरेको आरोप समेत लगाएका छन् । तलब, भत्ता र भवन निर्माण लगायत विद्यालयमा शिक्षक तोकेरै पैसा आउनेबारे उनले वडाध्यक्ष कुशवाहालाई जानकारी गराएको र यसैको रिसइबी साँधेको उनको आरोप छ ।

असोज ८ गते आफू, शिक्षक र कर्मचारीहरुबीच बैठक बसिरहेको बेला वडाध्यक्ष कुशवाहा आएर सबैलाई बाहिर निस्कन भनेको उनले बताए । त्यसपछि एकछिनमा ५–६ जना युवकहरु लिएर आएर आफूमाथि सिधै कुटपिट गरेको सिंहले बताए । त्यसक्रममा आफ्नो मोबाइल पनि खोसिएको उनको भनाइ छ । कुटाइबाट नाकबाट रगत बग्न थालेपछि आफू अस्पताल गएको प्रधानाध्यापक सिंहले बताए ।

चिकित्सकले नाकको हड्डी भाँचिएको, बायाँ कानमा रगत जमेको र जाली फुटेको भनेको सिंहले बताए । घटनाका विषयमा प्रहरीमा मौखिक जानकारी गराएको भएपनि लिखित जाहेरी दिन नपाएको सिंहको भनाइ छ ।

विद्यालयका शिक्षकहरुले विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

यता, प्रहरीले भने घटनाबारे कुनै पनि उजुरी नआएको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले भने, ‘सञ्चारमाध्यमबाट फोन आएपछि जानकारी पाएको हुँ, घटना के भएको हो ? कसरी भएको हो ? को घाइते छन् ? पीडित भनिएको पक्षबाट पनि कसैले केही जानकारी दिएको छैन, बुझ भनेर टोली खटाएको छु ।’

वडा अध्यक्ष भन्छन्– प्रधानाध्यापक सिंहको आरोप झुटो

वडाध्यक्ष कुशवाहाले भने आफूले प्रधानाध्यापक सिंहमाथि कुटपिट गरेको आरोप झुटो भएको बताएका छन् । अघिल्लो दिन विद्यालयमा प्रधानाध्यापक नगएको र शिक्षकहरुले नपढाएको जानकारी पाएपछि त्यसदिन आफू विद्यालय गएको उनको दाबी छ ।

‘विद्यालय दिउँसै बन्द हुन थालेपछि के भएको रहेछ भनेर बुझ्न गएको हुँ । पढाइ दुई दिनदेखि बन्द थियो, शिक्षकले दशैंमा पनि तलब पाएको छैन,’ उनले भने, ‘पढाइ सकेर मिटिङ बस्नुपर्ने उनीहरु दिउँसो १ बजे नै बैठकमा थिए । विद्यार्थीहरु घर फर्किरहेका थिए । शिक्षकलाई किन यस्तो गर्नुहुन्छ तलब ढिलोचाँडो पाइहाल्नुहुन्छ । पढाउनुस् भनेको हुँ ।’ प्रधानाध्यापकलाई विद्यार्थीले कुटेको र आफूले उल्टै विद्यार्थीलाई शान्त पारेको उनले दाबी गरे ।

प्रधानाध्यापक सिंह नियमित विद्यालय नआउने गरेको र २० लाख रुपैयाँ रकम हिनामिना गरेको आरोप उनको छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply