१६ असोज, जनकपुरधाम । मधेशको माग पुरा गराउन सडकमा पटक पटक आउन परे पनि आफु पछि नपर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले बताएका छन ।

जिरोमाईल युवा कमिटी जनकपुरधामद्धारा आयोजित कमिटीको सपथ ग्रहण तथा पद हस्तानतरण कार्यक्रममा बोल्दै ठाकुरले मधेशको मुख्यतः २ वटा माग रहेको स्पष्ट गरेका छन । उनले संविधान संशोधन र नागरिकता समस्या यी दुई माग पुरा गराउन आफु पटक पटक बिभिन्न सरकारसँग सम्झौता गर्दै आईरहेको बताएका छन । पटक पटक बिभिन्न सरकारले आफुलाई धोका दिँदै आएको बताउँदै उनले अब यो माग पुरा गराउन सदन देखि सडक सम्म लाग्नुपर्ने बताएका छन । साथै माग पुरा गराउन सडकमा उत्रिनुपरे पनि युवाहरुलाई तयार रहन आग्रह समेत गरेका छन ।

मधेश आन्दोलनका बेला सरकारले जबरजस्ती संविधान जारी गर्न अत्यधिक बल प्रयोग गरेको स्मरण गराउँदै सुरक्षाकर्मीले पनि मधेशीको टाउको र छातीमा गोली हान्दै मधेशीको शवमाथि पिशाब गरेको घटना आफुले अझै बिर्षन नसकेको बताएका छन ।

साथै उनले आन्दोलनताका मधेशीहरु माथि झुठा मुद्या लगाएको र रेशम चौधरीलाई अहिले सम्म रिहाई नगरिएको प्रति आपत्ति जनाए ।
उनले मधेशको माग पुरा नहुञ्जेल आफुहरुको सँघर्ष जारी रहने समेत बताएका छन ।

उक्त कार्यक्रममा प्रदेश २ का सांसद सुरिता साहले उपेन्द्र यादवको पार्टी फुटको सँघारमा रहेका बेला आफ्नो पार्टीले काँध थापेर जोगाएको भएपनि पछि आएर यादवको पार्टीले आफुसँग गद्यारी गरेको आरोप लगाईन ।

त्यस्तै कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उप मेयर रिता झा ले जसपामा झुण्ड रहेकोले बकरी (बाख्री) को संज्ञा दिदैं लोसपा एक्लै भएपनि शेर हो बताउँदै आफुलाई मेयरले चाहै जस्तो साथ दिन नसकेका कारण अपेक्षित रुपमा जनकपुरधामको विकास हुन नसकेको बताईन ।
त्यस्तै, जनकपुरधाम ७ का वडाध्यक्ष जानकी राम साहले जनकपुरका मेयर लाल किशोर साह बाट सहयोग नपाएर आफु पनि पिडित रहेको बताउँदै आफ्नै खर्चमा बिभिन्न ठाउँमा विकास निर्माणका कार्यहरु गरेको बताए ।

कर्यक्रममा जनकपुर युथ क्लबका निवर्तमान अध्यक्ष मनिष झाले राजनिती गर्ने काम राजनेताहरु लाई गर्न दिनु पर्ने भन्दै क्लबहरु मत्र समाज सेवामा केन्द्रित हुनुपर्ने धारणा राखे । क्लबहरुमा राजनीति गरे क्लबले बाटो बिराउने उनको भनाई थियो ।

क्लबका अध्यक्षमा शिवशंकर मिश्र, उपाध्यक्षमा अजय मण्डल, कोषाध्यक्षमा विनोद सिंह, महासचिवमा अरुण कुमार यादव, सचिवमा रुद्र झा र कार्यकारिणी सदस्यहरुमा सुजित कुमार शर्मा, श्याम कुमार साह, अभिशेष चौधरी सहितका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले एक कार्यक्रमका बिच सपथ ग्रहण गरेका छन ।

स्मरणीय होस् कोरोनाको पहिलो महामारीका बेला नै कैयौ गरीबहरुले कही कतैबाट खाद्यान्न तथा राहत सामाग्री नपाएको बेला कमिटी निर्माण हुनु अगावै नै एक समुह बनाई यिनीहरुले दैनिक सैयौको संख्यामा करीब ६ महिनासम्म दिन रात खाना खुवाउने गरेका थिए । पछि आएर विधिवत रुपमा यसले कमिटीको रुपमा आफुलाई स्थापित गराए ।

 

शहिदमाथि सुरक्षाकर्मीले पिशाब गरेः महन्थ ठाकुर (भिडियोको लागि यहाँ क्लिक गर्नुहोस)

जिरोमाईल युवा कमिटीका पदाधिकारीको सपथ ग्रहण (भिडियोको लागि यहाँ क्लिक गर्नुहोस)

 

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply