२४ भदौ, जनकपुरधाम । अबको नेतृत्व युवाको काँधमा दिनुपर्ने समाजिक अभियन्ता दिपक ठाकुरले बताएका छन ।
नेपाली काँग्रेसको हुन गईरहेको १४ औँ महाधिवेशनमा वडा सभापतिका लागि आफ्नो उम्मेदवारी दिने घोषणा गर्दै ठाकुरले अबको नेतृत्व युवाको हातमा दिनुपर्ने बताएका छन ।
देशले बर्षौदेखि युवाको नेतृत्व नपाएकाले उल्लेख्य रुपमा देशको विकास र समृद्धिमा योगदान पुग्न नसकेको ठाकुरको ठहर छ । अब अनुभवी व्यक्तिबाट अनुभव लिदै युवाले अगाडि बढ्नुपर्ने बेला आएकाले आगामी महाधिवेशनमा युवा पुस्तालाई साथ दिदै अभिभारा सुम्पनु पर्ने बताएका छन ।

स्थानिय एक एफएममा बोल्दै ठाकुरले यो महाधिवेशनलाई पर्वको रुपमा लिन समेत आग्रह गरेका छन । सक्षम र जुझारु युवा पुस्तालाई नेतृत्व दिन सके जोशिलो भई लाग्ने उनले बिश्वास ब्यक्त गरेका छन ।
युवाको उम्मेदवारी कसैलाइ हराउन या झुकाउन नभै आमुल परिवर्तन र समाज राष्ट्रलाइ समृद्ध बनाउनका लागी नै युवाले आफ्नो नेतृत्व खोजेको बताएका छन ।
सामाजिक अभियन्ता ठाकुर कोभिड महामारीका बेला जनकपुरधाम लगायतका क्षेत्रमा सक्रिय भएर सहयोग गर्दै पिडितहरुलाई राहत वितरण तथा सहयोगका कार्यहरु गर्दै आएका थिए । फलस्वरुप उनी कोभिड हिरोको अवार्डबाट समेत सम्मानित भएका छन ।