१६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ ।

सर्वोच्चले मानव अङ्ग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने आदेश दिएको छ ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीलाई भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काका ससुरा नजिकको नातेदारमा नपर्ने भन्दै उनको मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेको थियो । अस्पतालले ऐनमा नजिकको नातेदारको परिभाषामा काका ससुरा उल्लेख नभएको भन्दै उनको मिर्गौला दान लिन नमिल्ने जिकिर गरेको थियो ।

काका–ससुरा मिर्गौला दान गर्न राजी हुँदा पनि प्रत्यारोपण गर्न नपाएपछि ती बिरामीले अस्पतालको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

न्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले मानव अंग प्रत्यारोपण केन्द्रको निर्णय बदर गर्दै मिर्गौला –दान गर्न दिनु भनी आदेश गरेको हो । ‘ऐनको मूल उद्देश्य मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको खरीद बिक्री जस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ’ गत आइतबारको आदेशमा भनिएको छ, ‘काका ससूरालाई ऐनमा स्पष्ट रुपमा (प्रत्यारोपणका लागि) बाहेक गरेको देखिदैन ।’

सर्वोच्च अदालतले मिर्गौला दान गर्न काका ससुराको मन्जुरी भएको र त्यो कामलाई रोक्नुपर्ने आधारभूत कारण नभएको उल्लेख गरेको छ । काका ससुराले स्वेच्छिक रुपमा दान गरी बुहारीको जीवन रक्षामा योगदान पुयाउने पवित्र मानवीय दृष्टिकोणबाट वञ्चित गर्न नमिल्ने सर्वोच्चले फैसलामा उल्लेख गरेको छ ।

आदेशमा भनिएको छ, ‘शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मिति २०७८ साउन २२ गतेको पत्र र त्यससँग सम्बन्धित निर्णय उत्प्रेषणका आदेशद्वारा बदर हने ठहर्छ ।’

सर्वोच्चले मानव अंग प्रत्यारोपण सम्बन्धमा नजिकको नातेदारको सम्बन्धमा फराकिलो तवरबाट कानूनी व्यवस्था गर्नुपर्ने औल्याएको छ । अनि मिर्गौला प्रत्यारोपणका क्रममा चिकित्सकिय रित पुर्‍याउन आदेश दिएको छ ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply