
श्रावण महिना आउदै मिथिलाञ्चलको बिशेष पर्वका रुपमा रहेको तथा संस्कृतिले भरिपुर्ण मधुश्रावणीको गितले मिथिला गुञ्जयमान भएको छ । लोक पर्व मधुश्रावणीको तयारीमा नवविवाहिता जुटेकी छिन । श्रीमानको दिर्घायुको कामना गर्दै १५ दिवसिय यो पूजा मात्र मिथिलाञ्चलमा मनाइने गरिन्छ । यो पर्व मिथिलाका नवविवाहिता नारीहरुले पुर्ण रुपमा दुल्ही मmै सज्जिएर मनाउने गर्छिन ।
मैथिली संस्कृति अनुसार विवाह भएको पहिलो बर्षको श्रावण महिनामा नवविवाहिता नारीले मधुश्रावणीको व्रत गर्ने गर्छिन ।
श्रावण महिनाको कृष्ण पक्ष पन्चमी तिथि अर्थात् यस वर्ष श्रावण १३ गते देखि सुरुवात भइ २७ गते समापन हुनेछ । य वर्ष यो १५ दिनको हुनेछ । प्रत्येक बर्ष यो पर्व मनाईने भएपनि तिथिले गर्दा कुनै कुनै बर्षमा यो १५ दिन भन्दा बढीको पनि हुन जान्छ तर तिथिमा कुनै किसिमको गडबडी नहुने हो भने प्राय यो १५ दिनकै हुन्छ । यो प्रत्येक बर्ष मनाईने पर्व भएपनि नव विवाहिता नारीले बिहे भएको पहिलो बर्षमै आउने साउन महिनामा मात्र यो पर्व मनाउनुपर्छ भने अर्को बर्ष पुन अर्को नव विवाहिता महिलाहरुले यो पर्व मनाउने गर्दछन ।
यो पर्व खास गरी नव दुल्हीहरुले माईतमै गएर बनाउने चलन रहिआएको छ । यो पर्व केही खास जाति

बिषेशले मात्रै मनाउने हुँदा पनि यो पर्व मिथिला क्षेत्रको आकर्षणका रुपमा चिनिन्छ । साथै यो पर्व मैथिली समाज अनुसार प्रक्रियागत बिभिन्न विधि बिधान अनुसार सम्पन्न हुन्छ ।
यस पर्वमा बिबाहिताको ससुराली पक्षबाट माटोको सर्प ( बिषहरा) बनाएर पूजा गर्नका निम्ति उसको माईत पठाईन्छ । जहाँ १५ दिनसम्म बिधि अनुसार प्रत्येक दिन पूजापाठ गरिन्छ । मधुश्रावणी जिवनमा एक पटक मात्र विवाह भएको पहिलो श्रावणमा मनाइन्छ । यो पर्वमा नवविवाहिताले नुन नखाईकनैे १५ दिन सम्म भोजन खानु पर्दछ । यो पूजा लगातार १५ दिन सम्म चल्दै श्रावण महिनाको शुक्ल पक्ष तृतीया तिथिको दिन बिशेश पूजा अर्चना गरि व्रतको समाप्ती गरिन्छ ।
पूजापाठका निम्ति नवविवाहिताले प्रत्येक साँझ आफ्नो स्थानिय ठाउँमा नवविवाहिताहरुको समुह बनाएर धार्मिक गित गाउँदै फूल पात टिप्ने गर्छिन । यसरी टिपेको फूलपातलाई आफ्नो डालामा सजाएर घरमा ल्याउछिन र त्यसको भोलिपल्ट त्यही फूलबाट बिषहरा देवताको पूजापाठ गर्ने गरिन्छ । यो प्रक्रिया निरन्तर १५ दिनसम्म चल्छ । यस क्रममा नवविवाहितालाई भगवान शिवको बिषेश कथाहरु प्नि सुनाउने गरिन्छ । यस दिनहरुमा नव विवाहिता व्रत बसि गणेश , चनाइ , माटो एवं गाई गोबरले बनेको बिषहरा र गौरी महादेव को बिशेश पूजा गरी महिला पुजारी पण्डिताइन बाट कथा सुन्ने गर्छिन । कथाको प्रारम्भ बिषहरा को जन्म एवं राजा श्री कर बाट हुने गर्छ ।
व्रत शुरु हुने अघिल्लो दिन नै नवविवाहिता को ससुराल बाट पुरै १५ दिनको लागि व्रत को सामाग्री तथा सुर्यास्त पुर्व प्रती दिन चोखो खाने सामाग्री पनि त्यही बाट आउने गर्छ ।
शुरुको र अन्तिम ( समापन ) को दिनमा व्रती द्वारा समाज र परिवार को मान्यजन हरुमा अन्कुरी – (भिजाएको बादाम ) बाडने प्रथा पनि रहेको देखिन्छ । प्रतिदिन पूजा पश्चात् नवविवाहिता आफ्नोे साथीको साथ मन्दिर , पाटि पौवा , बगैचामा डुलेर फूल र पात तोडदै व्रतको भरपुर आन्न्द लिइन्छ । यो एउटा अलौकिक दृश्य हुन्छ जहाँ हर नवविवाहिताहरुको समागम , पुर्ण दुल्हिन स्वरुप धारण गरेकी हुन्छिन , लोकगित गाउदै हसि ठठा गर्दे गरेको दृश्य अब १५ दिन सम्म मिथिलाको हरेक गल्ली , बाग बगैंचामा सजिलै हेर्न पाइनेछ ।
यस पूजामा साझको बेला तोडेर ल्याएको फूल अर्को दिन बिहान पूजामा प्रयोगमा ल्याइन्छ । यसको विशेष मह्त्व रहेको हुन्छ । लगातार १५ दिन सम्म नव विवाहिता आफ्नो ससुराल बाट आएको चोखो ( अरवा) खाना खाने गर्छिन । तपस्याको समान यो पर्व श्रीमानको दिर्घायु तथा पति पत्नि बिचको समुधुर सम्बन्ध स्थापित गर्नका लागि पनि हुन्छ ।
पूजाको विधि बिधानमा ससुराल पक्ष द्वारा कुनै कसर बाकी राख्दैनन् । पूजाको अन्तिम दिन नवविवाहिता को ससुराल पक्ष बाट पूजन सामाग्री नयाँ लुगा कपडा , मिठाइको साथ बुजुर्ग हरु आशीर्वाद दिन लाई पुग्छन । मधुश्रावणी पूजाको अन्तिम दिन कैयो विधि बिधानको साथ पूजा गर्ने गर्छिन ।
बिहान र बेलुका महिलाहरु समूह बनाइ विभिन्न किसिमका लोक भाकामा गित हरु गाउने गर्छिन । महत्त्वपूर्ण बिषय भनेको लगातार १५ दिन सम्म पूजा स्थल मा नवविवाहिता कै रेखदेखमा अखण्ड दिप प्रज्वलित राखिन्छ ।
कथा वाचिका प्रत्येक दिन नवविवाहिता लाई मधुश्रावणी व्रत कथा सुनाउछिन । पूजाको समय नव वस्त्र , गर गहना ले सु सज्जित भइ कथा श्रवण को साथ पूजा अर्चना गर्ने गर्छिन ।
पूजा स्थल मा मैनी ( पुरैन , कमल को पात ) उपर विभिन्न प्रकार आकृती हरु कोरिन्छ ।महादेव , गौरी , नाग नागिन को प्रतिमा स्थापित गरि विभिन्न प्रकार को नैबेद्द्य ( प्रसाद) अर्पण गरि पूजा प्रारम्भ गरिन्छ , यश व्रत मा खास गरि महादेव ,गौरी , बिषहरा ( नाग देवता) को पूजा अर्चना गरिन्छ ।।
प्रत्येक दिनको बैग्ला बैग्लै कथाहरुमा मैना पन्चमी, बिषहरी , बिहुला, मनसा, मङला गौरी पृथ्वी जन्म , समुन्द्र मन्थन , सती को कथा व्रती लाई सुनाइन्छ । बिहानको पूजामा गोसाइ गित , पावैन गित र बेलुका कोह्बर तथा सन्झौती गित व्रतिलाइ सुनाइन्छ ।
व्रतको अन्तिम दिन ससुराल पक्ष बाट मिठाइ, लता कपडा सहित अन्य समाग्रीहरु पठाइन्छ । मधुश्रावणिको अन्तिम दिन टेमि दाग्ने परम्परा पनि रहेको छ । मधुश्रावणीको अन्तिम दिन बल्दै गरेको दिपकको बतिहर ले घुँडामा पोल्ने परम्परा पनि वर्र्षेौ देखि चल्दै आइरहेको छ । यसलाइ नै दागने वा दगनिया पावैन पनि भन्ने गरिन्छ ।
जय मिथिला
जय मैथिल !!!