१२ साउन, दार्चुला । जिल्ला अदालत, दार्चुलाले सामूहिक बलात्कारको अभियोगमा दुईमध्ये एक जनालाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सोमबार सामूहिक बलात्कारको अभियोगमा शैल्यशिखर–९, गाँजरीका १९ वर्षीया सन्तोष महरलाई दोषी ठहर गरेको छ भने नक्तडका २७ वर्षीय सुरेश विष्टलाई सफाइ दिएको छ ।

पीडितले प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा विष्ट घटनास्थलमै भेटिएका थिए । उनकै कोठामा तीन दिनसम्म पीडितमाथि जबरजस्ती करणी भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले अदालतको आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदनमा जाने बताए ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय, दार्चुलाले पनि अदालतको फैसलाप्रति असन्तुष्टि जनाएको छ । जिल्लाका एक प्रहरी अधिकृतका अनुसार घटनामा दुवै कसूरदार छन्, अझ जसको कोठामा घटना भएको छ, उसैलाई सफाइ दिनु आश्चर्यजनक विषय हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले अदालतको आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदनमा जाने बताए ।

जिल्ला अदालतका सूचना अधिकारी समेत रहेका तहसिलदार बिमल रेग्मीले विष्टले कसुर गरेको नदेखिएपछि सफाइ पाएको बताए । ‘फैसलाको पूर्ण पाठ आएपछि उनले सफाइ पाउनुको कारणसहित हामीले भन्न मिल्ने थियो, ’ रेग्मीले भने, ‘तर उनको अभियोग पुष्टि नभएका कारण सफाइ पाएका हुन् । फैसलाप्रति चित्त नबुझेको भए सरकारी वकिललाई पुनरावेदन जाने अधिकार छँदैछ ।’

के थियो घटना ?

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार २८ पुस २०७७ मा पीडित किशोरी पनेबाँजाबाट विष्टको जीपमा चढेकी थिइन् । गाडीका सह–चालक महरले गाउँ एकैतिर भएको बताउँदै विवाह गर्ने प्रलोभन देखाएको प्रहरी बताउँछ ।

‘अनेक बहानामा फकाएर उनलाई मालिकार्जुन सिमलगैरको होटलमा लगेर राखिएको थियो’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘एकदिन गोकुलेश्वरमा काम छ, २/३ गते मात्र फर्किन्छु भन्दै उनलाई होटलमा बस्न भनिएको थियो ।’

२ माघमा फेरि अर्को होटलमा लगेर प्रलोभनमा आफूसँग इच्छा विपरीत जबरजस्ती करणी गरेको पीडित युवकतीले बयानमा भनेको प्रहरीले बताएको छ ।

भोलिपल्ट ४ बजेतिर उनले जीपधनी समेत रहेका चालक सुरेश विष्टको डेरामा पीडितलाई लगेको पीडितको भनाइ छ । विष्टको कोठामा तीन दिनसम्म आफूमाथि जबरजस्ती करणी भएको उनले भनेकी छन् । प्रहरीका अनुसार पछिल्लो पटक जबरजस्ती करणी हुँदा सह–चालक महरा कोठामा थिएनन् । विष्टले आफू पीडितसँग बस्छु भनेपछि घर गएको उनले बयानमा भनेका छन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply