शुभ नारायण यादव-
सप्तरी , असार २७ गते । सप्तरीमा कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप लगाएकै दिन एक जनाको मृत्यु भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ६५ देवराम मण्डलले प्राथमिक स्वास्थ्य सेवा केन्द्र तोपा पुगेर दोस्रो मात्राको खोप लगाएका थिए ।
मण्डललाई असहज भएपछि उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
‘यद्यपी, उनको मृत्युको कारण भने खोप नरहेको उनले दावी गरे ।
दिउँसो १२ बजेतिर नै दोस्रो मात्राको खोप लगाए पछि गाउँकै एउटा पञ्चायतीमा सहभागी भएका थिए ।
साँझ मदिरा सेवन गरेपछि स्वास्थ्य अवस्था असहज हुँदा उपचारको लागि अस्पताल लग्ने क्रममा बाटैमै मृत्यु भएको निमित्त प्रमुख यादवको भनाइ छ ।