बर्दिवास, असार १५ गते । देशभर धान रोपेर १८ औं राष्ट्रिय धान दिवस मनाएको छ । विभिन्न स्थानमा रोपाइँ समारोहको आयोजना गरि राष्ट्रिय धान दिवस मनाएको हो ।
यसैबीच महोत्तरीमा पनि धान रोपेर १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । ‘धान रोपाइमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मंगलवार बर्दिवास नगरपालिका वडा नं ११ खयरमारामा धान रोपेर मनाएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सामुदायिक परिवार कल्याण संघ बर्दिवास महोत्तरीद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गत गठित विहानी मिश्रित कृषक समूहको उपाध्यक्ष सिकिन्द्र मण्डलको अध्यक्षता तथा बर्दिवास नगरपालिका वडा नं ११ का वडाध्यक्ष धनबहादुर लामाको विशेष उपस्थितीमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष धनबहादुर लामालगायतका वक्ताहरूले आ-आफ्नो मन्तव्य राखेका थिए ।
