२८ श्रावन, जनकपुरधाम, महिला, बालबालिका, युवाहरू तथा सीमान्तकृत समुदायको सशक्तीकरणका लागि क्रियाशील दलान नेपालले आफ्नो दोस्रो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता दलान नेपालकी अध्यक्ष रुपा कुमारी रायले गर्नुभएको थियो भने प्रमुख अतिथीका रूपमा मधेश प्रदेश कि प्राकृतिक श्रोत तथा वातावरण समिती सभापती सारदा दास पहाडी को विशेष उपस्थिती रहेको थियो ।
विशिष्ट अतिथीका रूपमा डिम्यानका केन्द्रीय उपाध्यक्ष तथा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी, Un Women का प्रतिनिधि रोशन झा, प्लान इन्टरनेशनलका प्रोजेक्ट म्यानेजर, युनिसेफ नेपालका नथुनी मोची, एकल महिला संघका जिल्ला संयोजक शुभद्रा आले, विभिन्न सञ्चार माध्यमका पत्रकार तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले विगत वर्षको कार्यक्रमगत गतिविधि, उपलब्धी तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए भने सन्स्था का सचिब बिनिता कुमारी कामत ले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै सहभागीहरूबाट संस्थाको कामको प्रशंसा गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, विपद् जोखिम न्यूनीकरण (DRR) तथा जीविकोपार्जन क्षेत्रमा अझ प्रभावकारी कार्य गर्न सुझावहरू दिइएको थियो ।
दलान नेपालले थोरै समय मा धेरै सामाजिक कार्यहरु सम्पन्न गरेको मा युनिसेफ का नथुनी मोची ज्युले प्रसन्सा का साथै सहयोगका लागि सधै तत्पर छौ भनेका थिए । त्यसै गरि Un Women का रोशन झा ले कुनै पनि सँस्थाको जग बलियो हुनलाई टिमको आवश्यकता हुन्छ दलान नेपाल यस्को एउटा उदाहरण हो भन्नू भयो , साथै दलान नेपाल ले महिला , बालवालिका, युवा र सिमान्त्कृत का लागि काम गर्ने उदेश्य रहेको अहिलेको आवश्यक्ता रहेको बताउनु भयो ।
सभा अन्त्यमा अध्यक्ष रुपा कुमारी रायले सबै अतिथि, सहभागी, साझेदार संस्था, सरकारी निकाय तथा समुदायप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्य र साझेदारीको अपेक्षा व्यक्त गरेका थिए ।