२१ कात्तिक, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ (फर्दर पब्लिक अफरिङ) मंगलबारदेखि खुलेको छ ।

संस्थाले अंकित मूल्य १०० दरले एक लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणमा निस्कासन गरेको हो । न्यूनतम १० र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था बनेको हो ।

कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो । कुल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँको २४.५५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख १४ हजार ६०२ रुपैयाँको सेयर मात्रै सर्वसाधारण समूहको छ । यसलाई ३० प्रतिशत पुर्‍याउन कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निस्कासन गर्न लागेको हो ।

कस्तो छ कम्पनी ?

सिद्धार्थनगर वडा नम्बर १२ भैरहवामा यसको रजिस्टर्ड कार्यालय सञ्चालनमा छ । २८ जिल्लाहरुमा ८२ शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।

रौतहट, सर्लाही, महोत्तरी, रुपन्देही, नवलपरासी पश्चिम, धनुषा, सिराहा, बर्दिया, बाँके, बारा, दाङ, कञ्चनपुर, कैलाली लगायत जिल्लामा यसका शाखा कार्यालय सञ्चालनमा छन् ।

अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार रुपैयाँ छ । एफपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष असार मसान्तसम्म १९ करोड रुपैयाँ बराबर खुद ब्याज आम्दानी गरेको छ भने ७६ लाख रुपैयाँ ५० हजार रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ६७ पैसा छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा छ । सञ्चित नाफा ९६ लाख रुपैयाँ बराबर रहेको कम्पनीको नेटवर्थमा प्रतिफल १.६३ प्रतिशत छ ।

कम्पनीले इक्रा नेपालबाट बी प्लस रेटिङ पाएको छ । जसले कम्पनी वित्तीय दायित्व वहन गर्न औसतभन्दा कमजोर स्थितिमा रहेको देखाउँछ । इक्राले सबैभन्दा बलियोदेखि कमजोर स्तरको कम्पनीलाई क्रमशः ‘एएए’ देखि डीसम्मको रेटिङ प्रदान गर्दछ । जसमा प्लस वा माइनसले सो समूहको सबल वा कमजोर संकेत गर्दछ ।

एफपीओबाट संकलित रकम के गर्छ ?

कम्पनीले एफपीओबाट प्राप्त १ करोड ७८ लाख ४५ हजार रुपैयाँमध्ये १५ प्रतिशत कर्जा तथा सापटका लागि उपयोग गर्ने जनाएको छ । त्यस्तै ७० प्रतिशत लगानी गर्ने, १० प्रतिशत शाखा विस्तारमा खर्च गर्ने र ५ प्रतिशत अन्य काममा खर्च हुने जनाएको छ ।

मर्जरपछि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुँदै आएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सोमबार अन्तिम कारोबार हुँदा मूल्य प्रतिकित्ता ६९० रुपैयाँ पुगेको छ । विगत ५२ हप्ताको तथ्यांक हेर्दा कम्पनीको न्यूनतम मूल्य प्रतिकित्ता ६५९ रुपैयाँसम्म झरेको देखिन्छ भने उच्चतम १०८५ रुपैयाँसम्म पुगेको छ ।

को को छन् सञ्चालक ?

लघुवित्त संस्थामा हाल ६ जना सञ्चालक छन् । संस्थाका अध्यक्ष हुन्- संस्थापक समूहका खड्गबहादुर राना । त्यस्तै अन्य सञ्चालकमा खिलराज मैनाली, तुलसीसाम खनाल, राजन तिवारी, यमकुमार खड्का र भार्गव धिताल छन् ।

कम्पनीको सेयर प्रत्याभूतिकर्तामा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर पाठक हुन् भने नायव प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारी हुन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply