२२ असोज, काठमाडौं । प्यालेस्टाइनको विद्रोही सेनाको आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु भएको छ ।

११ जना थाई नागरिक अपहरणमा परेको रोयटर्सले जनाएको छ । थाइल्याण्डका डेपुटी परराष्ट्र मन्त्री जाकाफोङ साङमाग्नलेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार ८ जना थाइ नागरिक घाइते भएका छन् ।

यस्तै इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा ४ अमेरिकी नागरिक मारिएको सिएनएनले जनाएको छ । स्टेट अफ सेक्रेटरी एन्टोनी ब्लिकेनलाई उदृत गर्दै सिएनएनले जनाए अनुसार हराएका र हताहती भएकाहरुको संख्या खोजी भइरहेको छ ।

‘धेरै अमेरिकन मारिएको विवरण आएका छन् । त्यसलाई पुष्टि गर्न लागिरहेका छौं, एन्टोनीले सिएनएनसँग भनेका छन्, ‘हराइरहेका खबर पनि छन्, तिनीहरुलाई पनि पुष्टि गर्न लागिरहेका छौं ।’

इजरायलस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै आवश्यक सहयोगका लागि ‘क्राइसिस इनटेक फर्म’ भर्न आग्रह गरिएको छ । अमेरिकी नागरिकको हताहतीको संख्या निश्चित गर्न लागिरहेको राष्ट्रिय सुरक्षा काउन्सिलले जनाएको छ ।

युक्रेनका दुई नागरिक मारिएका छन् । मृतक दुबै महिला रहेको लामो समयदेखि इजरायलमा बसोबास गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको मृत्युको कारण विस्तृतमा युक्रेनी परराष्ट्र मन्त्रालयलले नखुलाएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

इजरायल–प्यालेस्टाइन युद्धका क्रममा भारतका २७ नागरिकलाई इजरायलबाट इजिप्ट पुर्‍याइएको छ ।

राज्यसभा सदस्य वानवेइरी खारलुखी, उनकी पत्नि, छोरीसहित भारतीय नागरिकलाई सुरक्षित रुपमा सीमा कटाइएको छ ।

२७ जना नै मेघालयका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इजरायलमा १८ हजार बढी भारतीय नागरिक छन् । त्यस मध्ये धेरै जना केयर गिभरको रोजगारीमा छन् ।

इजरायली सैनिक सेवामा रहेका बेलायती एक नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

इजरायलको सुरक्षा फौजमा रहेका बेलायती नागरिक नाथानेल योङको हमासले गरेको आक्रमणमा मृत्यु भएको छ । बेलायती एक नागरिक हराइरहेको बीबीसीले लेखेको छ ।

फ्रान्सको एक महिलाको मृत्यु भएको रोयटर्सले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आइतबारसम्म फ्रेन्च नागरिकको हताहतीको पूर्ण जानकारी संकलन भइसकेको छैन ।

घाइते बेलारुसका दुई जना नागरिकको अवस्था गम्भिर रहेको दी टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हमासले दुई मेक्सिकनलाई नियन्त्रणमा लिएको छ ।

जर्मन–इजरायली एक नागरिक हमासको नियन्त्रणमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कम्बोडियाका एक विद्यार्थीको मृत्य भएको छ ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply