२३ साउन, काठमाडौं । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।

बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने ।

उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको हो ।

घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार पहिरोले मानवीय क्षति भने भएको छैन ।सो स्थानमा सशस्त्र प्रहरीको दुवाकोट गण र नेपाल प्रहरीको दुवाकोट अस्थायी प्रहरी पोष्टबाट उद्धार टोली खटिएको छ ।

वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबानसमेत भएको छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेका हुन् । धान खेत पनि डुबानमा परेका छन् । तर उद्धार गर्नुपर्ने अवस्था भने अझै नरहेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता पाठकले बताए । ‘हनुमन्ते लगायतका खोलाहरुको बहाव उल्लेख्य बढेको छ, तर अहिलेसम्म उद्धार गर्नुपर्ने स्थिति रहेको जानकारीमा आएको छैन,’ उनले भने ।

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान भएको छ । सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो ।

विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ ।

काठमाडौं उपत्यकामा भएको भारी वर्षाले सामाखुसी क्षेत्र डुबानमा परेको छ । निजी घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् ।

एसईबी स्कुलमा पम्प सेटको सहायताले पानी तानेर फाल्ने क्रम जारी छ । डुबानमा परेका अन्यले पनि मोटरको सहायताले पानी तानेर फाल्ने र सामान सुरक्षित स्थानमा सार्ने गरिरहेका छन् ।

काठमाडौं उपत्यकाका रातभर भारी वर्षा भएको छ । वर्षाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।

त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply