२७ माघ, काठमाडौं । डाक्टरलाई मानसिक तनाव दिने, धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।

बिहीबार बेलुका सुनसरीको इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. देवराज घिमिरे मौन बसेको भन्दैं उनीहरुले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृतहरु डा. महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेकुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दिपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल रहेका छन् । उनीहरुमध्‍ये चार जना छात्रवृत्तिका र चार जना प्रदेश सरकारले करारमा राखेका चिकित्सक हुन् ।

राजीनामा दिएकी डा. श्रेया पंगेनी यस्तो घटना पटक–पटक भएको र चिकित्सकलाई मानसिक तनाव दिएका कारण बाध्य भएर राजीनामा दिनुपरेको बताउँछिन् ।

स्थानीय रहेका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले राजनैतिक शक्तिको आधारमा मनपरी गर्दै आएको र चिकित्सक माथि हुने आक्रमणको घटनामा साथ दिँदै आएको चिकित्सकहरुको आरोप छ ।

‘अस्पतालमा उपचारमा बाधा पुर्याउने मान्छेलाई कारबाही गर्ने कानुन समेत बनेको छ । हाम्रो अभिभावक उहाँ हो नि । तर, उहाँले ती बिरामी पक्षका मान्छेलाई समर्थन गर्दै सँगै लिएर चिया खानजानु भयो । यस्ता खालको प्रवृति देखाउनुभएको उहाँले तीन –चार पटक भइसकेको छ,’ डा. पंगेनीले भनिन् ।

यस्तै चिकित्सकले जारी गरेको सामूहिक राजीनामा अस्पताललाई यो अवस्थामा पुर्‍याउन दिन रात खटिरहेका हामीविरुद्ध जनमानसमा भ्रामक अनावश्यक प्रचारबाजी भएको देख्दा हामीमाथि मानसिक तनावमा भएको र आफ्नो कार्यस्थलमा असुरक्षित महसुस भई आजैका मितिबाट सामूहिक राजीनामा दिएको उल्लेख छ ।

‘हामीले गल्ती नै नगरेको बिषयमा बाहिरी मान्छेलाई अगाडी चिकित्सकलाई सार्पेट नगरी उल्टै गल्ती देखाइसकेपछि पछिका दिनमा बिरामीले हामीले भनेको मान्छे होला ? यस्तो वातावरण कसरी काम गर्न सकिँदैन भनेर नै राजीनामा दिएका हौं,’ डा. पंगेनीले भनिन् ।

तर, मेडिकल सुपरिटेन्डेन्ट डा. घिमिरे भने चिकित्सकको बिषयमा मौन समर्थन नगरेको बताउँछन् । चिकित्सकहरुकै गल्तीको कारण यस्तो समस्या भएको उनको भनाइ छ ।

‘ड्युटी भएका डाक्टर अस्पतालमा बस्नुपर्ने हो नि । कोठामा गएर बस्न मिल्छ त ?,’ उनले अनलाइखबरसँग भने, ‘ यो बिषयको समस्या समधान गर्न खोजेको हुँ । कसैलाई मौन समर्थन गरेको छैन ।’

तर, डा. पंगेनीले भने दुई चिकित्सक ड्युटीमै रहेको दाबी गरिन् ।

विहीबार भएको घटना के थियो ?

मेडिकल सुपरिटेन्डेन्टका डा. देवराज घिमिरेका अनुसार एकै परिवारका दही खाँदा फुट पोइजनका बुधबार अस्पताल भर्ना भएका थिए । तर, विहीबार त्यसमध्ये दुई जनामा उच्च ज्वरो देखियो । विहीबार बेलुका बिरामीका आफन्तले अस्पतालमा चिकित्सक देखेनन् ।

ड्युटीमा भएका नर्ससँग नम्बर लिएर फोन गरे । तर, चिकित्सक सम्पर्क नर्सले गर्ने हो भन्दै बिरामीका आफन्तलाई जवाफ फर्काए । त्यहीबाट, विवाद सुरु भयो ।

विहीबार बेलुका दुई जना चिकित्सकको ड्युटी थियो । समयमै बिरामीको उपचार नहुँदा एक बालकलाई थप जटिलता देखिएका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गर्नुपरेको छ ।

हेर्नुहोस्  सामूहिक राजीनामा पत्र : 

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply