१ पुस, वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापा मारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ ।

२७ मंसिरमा जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै सशस्त्र र नेपाल प्रहरीको टोलीले बिहीबार शंकास्पद गोदाममा छापा मारेर ठूलो परिमाणमा खाद्यान्न सामग्री बरामद गरेको हो । खाद्यान्न व्यापारीहरु विनोद गुप्ता, श्याम वर्णवाल, प्रधुम्न गुप्ता र सुजित गुप्ताको गोदाममा प्रहरीले छापा मारेको थियो । ती गोदामबाट २५ किलो दरका १ हजार १२२ बोरा चामल, १० क्वीन्टल मैदा, ग्लुकोज लगायतका सामग्री बरामद गरिएको छ ।

बरामद गरिएका सामानको मूल्य अन्दाजी ३५ लाख रुपैयाँ कायम गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । ‘सूचनाको आधारमा टोली पठायौं, आन्तरिक राजश्व र भन्सारसँग पनि समन्वय गरेका थियौं, सञ्चालकले सामानको बिल विजकहरु देखाउन सकेनन्,’ उनले भने, ‘भन्सार छलेर ल्याएको सामान हो भन्ने भएपछि बरामद गरेर भन्सारमा बुझाएका छौं ।’

खुला सीमाको दुरुपयोग गर्दै व्यापारीहरुले साइकल, मोटरसाइकलमा थोरै–थोरै परिमाणमा सिमावर्ती भारतीय बजार रक्सौलबाट खाद्यान्न लगायतका सामग्री दिनहुँ भित्राउने गरेका छन् । नेपालमा भन्दा कम मूल्यमा भारतीय बजारमा पाइने खाद्यान्न, लत्ता कपडा, औषधीजन्य सामग्री, इलेक्ट्रिक सामान, मोटरका पाटपुर्जाहरु भन्सार छलेर भित्राउने गरिन्छ । तस्करीको माध्यमबाट सामान ल्याउँदा भन्सार राजश्व पनि छलिने हुँदा व्यापारीले ती सामान बिक्रीबाट बढी मुनाफा आर्जन गर्छन् ।

वीरगञ्जको मुख्य सडकमै साइकलमा दुई, तीन बोरा चामल, आलु बोकेर ल्याउने गरेको दृश्य देख्न सकिन्छ । कतिपय तस्करले जनपथ तथा सशस्त्र प्रहरीकै मिलेमतोमा नै यस्ता अवैध गतिविधि गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर प्रहरी नायब उपरीक्षक गिरी यस्तो अरोपको खण्डन गर्छन् । ‘एक/दुई बोरा घरायसी प्रयोगका लागि ल्याएको भन्छन्, त्यसैले छोडिएको हुन्छ,’ उनले भने, ‘समातिहाले पनि घरायसी प्रयोगका लागि पनि सामन ल्याउन नदिने भनेर हल्ला गर्छन्, छोडिदिनका लागि दबाव आउँछ ।’

आलु प्याजको पनि हुन्छ तस्करी

पर्सा, बारा, रौतहट लगायत सीमा क्षेत्रबाट अवैध रुपमा दिनहुँ आलु प्याज भित्रिने गरेको छ । रक्सौल लगायत सिमावर्ती भारतीय बजारबाट साइकल मोटरसाइकलमा १ देखि ३ बोरासम्म आलु प्याज लोड गरेर ल्याएको देखिन्छ । एउटा जुटको बोरामा ५० किलो हुने गर्दछ । यसरी ल्याइएका आलु प्याज सिधै मिनाबजारका थोक तथा खुद्रा व्यापारीमा पुर्‍याउने गरिन्छ । कतिपयले गोदाममा भण्डार गरेर पछि ट्रकमा लोड गरी वीरगञ्ज बाहिर समेत पठाउने गरेका छन् ।

आलु प्याजमा १४ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ । भन्सार छलेर ल्याउँदा बढी फाइदा हुने भएकाले कतिपय व्यापारीले साइकलमा तस्करी गर्नेहरुसँग नै आलु लिने गरेका छन् ।

१२ वर्षदेखि आलु प्याजको व्यापार गर्दै आइरहेका वीरगञ्जका शिव जयसवारले तस्करीबाट आएको आलु सस्तोमा बिक्री हुँदा आफ्नो व्यापार घटेको गुनासो गरे । ‘वर्षमा ५० गाडी आलु प्याज बिक्री हुने गर्दथ्यो, अहिले घटेको छ,’ उनले भने, ‘वीरगञ्जमा ६ महिनादेखि निरन्तर भन्सार छलेर ल्याइएको आलु प्याज आइरहेको छ । त्यसैले वैध व्यापार खस्केको हो ।’ यस्तै अवस्था रहन गए धेरै व्यापारी पसल बन्द गर्न बाध्य हुने उनको भनाइ छ ।

वैध रुपमा कारोबार गर्दा भन्सार कर, आय कर, गाडी भाडा समेत तिनुपर्ने हुन्छ । ५० वर्षदेखि आलु प्याजकै व्यापार गर्दै आएका जगदिश प्रसाद कानुले अवैध कारोबारी बजारमा छिर्दा व्यापार खस्केकाले पसलको भाडा तिर्ने खर्च जुटाउन समेत समस्या आउन थालेको गुनासो गरे ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply