२१ कात्तिक, काठमाडौं । वागमती प्रदेशसँग रोमान्चक बराबरी भएपछि मधेश प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा मधेशले वागमती प्रदेशसँग बराबरी खेल्दै अंक बाँडेको हो । यो बराबरीले मधेशको ३ खेलबाट ५ अंक भएको छ । समूहका चारै खेल खेलिसकेको लुम्बिनी प्रदेश भने समूह चरणबाटै घर फर्किने निश्चित भएको छ । यो समूहबाट नेपाल पुलिस यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वागमती प्रदेशका लागि भने प्रधानमन्त्री कपको यो संस्करण बिर्सनलायक रह्यो । समूहका चारै खेलमा जितविहीन भएको वागमतीले १ अंकमात्र जोड्न सक्यो ।

त्रिवि क्रिकेट मैदानमा मधेशले दिएको १९१ रनको लक्ष्य पछ्याएको वागमतीले सुरुवात राम्रो गरेको थियो । तर, मध्यक्रमका ब्याट्सम्यानले जिम्मेबारी पूरा गर्न नसक्दा खेल रोमान्चक मोडमा पुगेको हो ।

अन्तिम तीन ओभर बाँकी हुँदा वागमतीलाई जितका लागि १३ रन आवश्यक थियो । वागमतीसँग २ विकेटमात्र बाँकी थियो । सूर्य तामाङ र रामनरेश गिरी क्रिजमा थिए । ४७औं ओभरको सुरुवाती दुई बलमा सूर्यले छक्का र चौका प्रहार गरेपछि वागमतीलाई जितका लागि तीन रन आवश्यक थियो ।

सोही ओभरको चौथो बलमा मधेशका प्रदीप पासवानले सूर्यलाई २८ रनको स्कोरमा विशाल शुस्लिङको हातबाट क्याचआउट गराए । अन्तिम विकेटका रुपमा रामनरेश र रिजनले थिए । वागमतीले ४९औं ओभरमा २ रन थपेपछि खेल बराबरीको अवस्थामा आयो ।

अन्तिम ओभरमा राजेश यादव बलिङका लागि आए । वागमतीलाई ६ बलमा १ रन चाहिएको थियो । पहिलो बलमा राजेशले रन बनाउन दिएनन् । दोस्रो बलमा रिजनलाई विकेटकिपर अनिल साहको हातबाट क्याचआउट गराएसँगै खेल बराबरी भयो । बराबरीकै नतिजाले पनि मधेशको सेमिफाइनल प्रवेश निश्चित बन्यो ।

त्यसअघि वागमतीका शीर्षक्रमका चार ब्याटरले राम्रो सुरुवात दिएका थिए । रित गौतम र इशान पाण्डेले ६५ रनको ओपनिङ साझेदारी गरेका थिए । रितले ३२ र इशानले ३१ रन बनाए । तेस्रो नम्बरमा आएका पृथु बास्कोटाले सर्बाधिक ४० रन बनाए । विवेक मगरले २५ रन थपे । कप्तान ज्ञानेन्द्र २ रनमै आउट भए । बलिङतर्फ मधेशका लागि प्रदीप पासवान र राजेश यादवले समान ३÷३ विकेट लिए । रुपेश सिंहले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश ४६.२ ओभरमा सबै विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो । मधेशका लागि रोहन विकले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ९४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । सन्तोष कार्कीले २३ र हरिशंकर साहले १३ रन बनाए ।

बलिङतर्फ वागमतीका नन्दन यादव र सूर्य तामाङले ३–३ विकेट लिए । प्रतीश जिसी र रामनरेश गिरीले २–२ विकेट लिए ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply