२४ असोज काठमाडौं । शनिबारसम्म नेकपा एमालेबाट आफू पक्षीय नेताहरुलाई टिकट दिलाउन संघर्षरत पोलिटब्यूरो सदस्य प्रभु साहले आइतबार रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिए । साथमा रौतहटको ६ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरे । अर्थात, साहले एमालेभित्र मधेश प्रदेशमा विद्रोह गरे ।

साहले आफू लगायतको स्वतन्त्र उम्मेदवारी मनोनयनलाई एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग गरेको गठबन्धनलाई कारण देखाएका छन् । एमालेले दिएको टिकटलाई अस्वीकार गरे पनि उनले एमालेमै रहने बाटो भने बन्द गरेनन् । त्यसका लागि उनले स्वतन्त्र उम्मेदवारहरू त्यस्ता क्षेत्रमा मात्रै खडा गरेका छन्, जहाँ एमालेसँगको तालमेलमा जसपाले टिकट पाएको छ ।

तालमेलमा जसपाले पाएको रौतहट क्षेत्र न. २ मा किरण साह, २ को ‘ख’ मा राजन यादव, ३ ‘क’ मा केशव राय चौधरी, ३ (ख) मा कुन्दन कुशवाहा, १ को (ख) मा राजेश चौधरीलाई स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

यी क्षेत्रमा जसपाले उठाएका उम्मेदवारलाई एमालेको समर्थन भए पनि आफ्नो सहमति नभएको भन्दै साहले अस्वीकार गरेका हुन् ।

एमालेकै उम्मेदवार भएका ठाउँमा समर्थन जनाएका कारण साहलाई चुनावपछि एमालेमै सक्रिय भएर राजनीति गर्न व्यवहारतः अप्ठ्यारो हुने छैन् । ‘जायज कामको लागि रिस्क उठाएका छौं । टिकट त पार्टीको पनि थियो तर, हामीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छौं,’ साहले भनेका छन् ।

उनले एमाले अध्यक्षसँग केपी शर्मा ओलीसँग जसपासँग तालमेल नै गर्न नहुने सुझाव दिएका थिए । यसको एउटै कारण थियो– मधेशमा एमालेलाई बलियो बनाउने र त्यसको नेतृत्व आफूले गर्ने । उनले पछिल्लो समय मधेश प्रदेशमा एमाले प्रवेशको लहर नै चलाएका थिए । जसपा र लोकतान्त्रिक समाजवादीसहित अन्य पार्टीबाट समेत ठूलो संख्यामा नेता/कार्यकर्तालाई प्रवेश गराए । एमाले प्रवेशको लहर चलाउने क्रममा उनले टिकट दिलाउने आश्वासन पनि दिएका थिए ।

नेताहरुका अनुसार साह मधेश प्रदेशमा कुनै पार्टीसँग पनि चुनावी तालमेल गर्न नहुने पक्षमा थिए । तर, एमाले नेतृत्वले साहको चाहना सदर गरेन् । जसपासँग चुनावी तालमेल गर्ने निर्णय गरेर सिटसमेत बाँडफाँट गरेपछि उनले एमालेसँग विद्रोह गर्ने निर्णय गरे । यसले उनी एमालेमै रहेर आफूलाई मधेश प्रदेशको पावर सेन्टरका रुपमा स्थापित गर्न खोजेको देखिन्छ भने स्वतन्त्र उम्मेदवारीर्फत त्यसलाई मजबुत बनाउन खोजेको स्पष्ट हुन्छ ।

माओवादीको प्रस्ताव अस्वीकार

एमाले नेतृत्वले जसपासँग चुनावी तालमेल गर्ने भएपछि साह असन्तुष्ट भएको विषय माओवादी केन्द्रको शीर्ष नेतृत्वले जानकारी पाएको थियो । छोटो समयमा एमाले र जसपाबीच तालमेलको सहमति भए पनि यही बीचमा माओवादी नेतृत्वले साहलाई आफ्नो पार्टीको चिन्हबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । स्रोतका अनुसार साहले त्यसलाई समेत अस्वीकार गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव वर्षमान पुनले गठबन्धनका उम्मेदवारलाई ‘ब्याक’ गराएर भएपनि साहले रोजेका ठाउँमा उनका उम्मेदवारलाई उठाउने आश्वासन दिएका थिए । त्यसका लागि पार्टीले अन्यत्र पाएका क्षेत्र छोड्न समेत तयार रहेको सन्देश उनीहरूले साहलाई पठाएका थिए ।

जवाफमा साहले ‘अहिले स्वतन्त्रबाट चुनाव लड्ने र चुनावपछि माओवादीमा फर्किने’ जवाफ दिएको स्रोतको दाबी छ ।

लामो समयदेखि रौतहटमा माधव नेपाल र प्रभु साहबीच राजनीतिक पकड बनाउने विषयलाई लिएर प्रतिस्पर्धा जारी छ । माओवादी केन्द्र र एमालेबीच एकतापछि बनेको नेकपाकालमा पनि नेपाल र साहबीच उक्त प्रतिद्वन्द्विता देखिन्थ्यो ।

नेकपा एकता भंग भएपछि माधव प्रचण्ड एउटै पक्षमा रहने भएपछि साहले एमाले रोजेका थिए । अहिले माओवादी नेतृत्वले गरेको प्रस्तावलाई अस्वीकार गर्नुका पछाडि पनि यही ‘फ्याक्टर’ महत्वपूर्ण हुनसक्ने देखिन्छ । किनभने निकट भविष्यमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने विषयमा छलफल चलिरहेको छ ।

स्रोतका अनुसार सिके राउतले समेत साहसँग सहकार्यको प्रस्ताव राखेका थिए । तर, उनले एमालेको समर्थनमा जसपाले उम्मेदवार उठाएका क्षेत्रमा मात्रै स्वतन्त्र उम्मेदवार उठाएर सबै विकल्पलाई अस्वीकार गरेका छन् ।

मधेशको नेतृत्व गर्ने चाहना

स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि आफूले मुद्दाको राजनीति गर्न चाहेको भन्दै उनले परिक्षणका लागि तयार रहेको बताएका छन् । ‘चुनावपछि जनता के चाहिरहेका छन् र रौतहटको जनताको ताकत के हो पनि थाहा हुन्छ,’ उनले चुनौती दिएका छन् । उनले आफ्नो प्रभाव देखाए पनि आगामी यात्राबारे प्रष्ट धारणा सार्वजनिक गराएका छैनन् ।

स्वतन्त्र उम्मेदवारी दिएका साहले आफू निकटहरूसँग मधेशले खोजेको नयाँ नेतृत्वको खाली स्थान आफूले ‘रिजर्भ’ गर्न चाहेको बताउने गरेका छन् । मधेशको राजनीतिबाट उदाएका र आफूलाई मधेशको नेतृत्व दावी गर्ने उपेन्द्र यादव र महन्थ ठाकुर यो निर्वाचनमा पराजित हुने उनको अनुमान छ ।

अब मधेसमा नेतृत्वको खोजी हुँदा स्वतन्त्रको ताकतसहित आफू ‘पावर सेन्टर’ का रूपमा उदाउने दावी साहले गरिरहेका छन् । यादव नेतृत्वको जसपा र ठाकुर नेतृत्वको लोसपाले स्थानीय निर्वाचनमा प्राप्त जनमतलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचनमा समेत पराजित उनीहरूको पराजय हुने बुझाई राखेका छन् । पाँच दलीय सत्ता गठबन्धनलाई धोका दिएकाले यादवमाथि चुनौती थपिएको र एमाले–जसपाको मतले मात्रै उनी विजयी हुने सम्भावना नरहेको साहले बताउने गरेका छन् । साथै लोसपा अध्यक्ष ठाकुरको हकमा पनि उनले बुझाई समान छ ।

माओवादी नेता गणेश साह उनले आफूलाई मधेशमा स्थापित गर्न खोजेको र त्यो राजनीतिमा स्वभाविक भएको बताउँछन् । ‘प्रभु साहले एमालेमा पनि बार्गेनिङ गरिरहनु भएको छ । बार्गेनिङ चलिरहेकै कारण पार्टीको टिकट त्यागेर र बागी उम्मेदवार उठाउँदा पनि अनुशासनको कारबाही गरेको छैन्,’ उनी भन्छन्, ‘माओवादीसँग पनि उहाँको कुरा भएको, सहयोग माग्नुभएको भन्ने सुनिन्छ ।’

तर अर्को पार्टीमा रहेर स्वतन्त्रको नाममा बागी उठेका उम्मेदवारहरूलाई माओवादी केन्द्रले सहयोग नगर्ने उनी बताउँछन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply