१९ असोज,  काठमाडौं । दशैं पैसाको धेरै कारोबार हुने चाड हो । यो समयमा नगद कारोबार र दान दक्षिणाका लागि नगदको प्रवाह धेरै हुन्छ ।

दशैंमा दान दक्षिणा र पूजाआजाका लागि नयाँ नोटको प्रचलन छ । बजारमा भिडभाड हुन्छ र नगद कारोबार पनि बाक्लो मात्रामा हुन्छ । दशैं खर्च गर्न वा दक्षिणा दिन तयार पारिएका नयाँ नोटहरुबारे उपभोक्ता सचेत हुनुपर्छ ।

तर, नयाँ नोट बजारमा आएका बेला नै जाली नोट कारोबारीहरु सक्रिय हुन्छन् । दशैंको टीकापछि पसलहरुमा नयाँ नोट आउँछन् भने उपभोक्ताले फिर्ता पाउने नोट पनि धेरै नयाँ नै हुन्छन् ।

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार २२ अर्बभन्दा बढी नयाँ नोट बजारमा गएको छ । यस्ता नयाँ नोटमा कारोबारीहरुले जाली नोटमिसासक्ने हुन सक्ने सम्भावना धेरै हुने भएकाले उपभोक्ताहरुले ध्यान दिनुपर्छ ।

नेपाल राष्ट्र बैंककाअनुसार ठूला चाडबाडका बेला नक्कली नोटहरु भेटिन सक्छन् । नक्कली नोटको कारोबार ठूला चाडपर्व र चुनावका बेला धेरै हुने हुन्छ । यो वर्ष चुनाव पनि नजिकिएकाले जाली नोटको कारोबार बढ्ने सम्भावना बढी रहेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

चाडवाड तथा चुनावका बेलामा सुरक्षा अंग र राज्यको ध्यान शान्ति सुरक्षामा बढी व्यस्त हुने हुँदा यस्तो मौकामा नक्कली नोटको कारोबार गर्न सहज हुने ठानेर अपराधिक गिरोहले नक्कली नोटको कारोबार गर्न सक्ने उनी बताउँछन् ।

दशैंका बेला जतात्यतै भीड हुने भएकाले पनि नक्कली नोटको कारोबार बढी हुने गरेको डर व्यवसायीलाई पनि हुन्छ । बानेश्वरका कपडा व्यवसायी सन्तोष रौनियार नयाँनोट जाँच गरेर मात्रै लिने गरेको सुनाउँछन् ।

‘पसलमा भीड हुन्छ, राम्रोसँग नोट हेर्न फुर्सद त हुँदैन,’ उनी भन्छन्,’नयाँ नोट आयो भने कम्तीमा त्यो नक्कली हो कि भन्ने डर हुन्छ ।’

धेरै जसो नक्कली नोटहरु ठूला दरका हुन्छन् । नेपालमा नक्कली भेटिने नोटमा ५ सय र १ हजार दरका हुन् । त्यसैले दशैंमा नयाँ नोटको कारोबार र प्रयोग गर्दा सजग हुनुपर्ने राष्ट्र बैंकका अधिकारीहरुको सुझाव छ ।

नक्कली नोटहरु बजारमा छरिएमा उपभोक्ता ठगिन्छन् भने अर्थतन्त्रमा नकारात्मक प्रभावहरु पर्छन् । कानुनी हिसावले जाली नोटको कारोबार गर्नु दण्डनीय हुन्छ । नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।

कसरी चिन्ने नोट ?

राष्ट्र बैंकका अनुसार नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हुने सम्भावना बढी हुन्छ ।

सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा त नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी सबै सुरक्षण विशेषताहरु भए/नभएको बारे यकिन गर्नु पर्ने हुन्छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट पि्रन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग -एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंकको संक्षिप्त रुप ‘एनआरबी’ (अंग्रेजीमा) को केही अंश नोटको अघिल्लो भागमा र उक्त एनआरबी को बाँकी अंश नोटको पछडि भागमा एकै पटक प्रिन्ट गरिएको छ ।नोटको उक्त ‘एनआरबी’ प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अघिल्लो भाग र पछिल्लो भाग दुवै तर्फबाट देखिन्छ ।

सुरक्षण धागोमा ‘एनआरबी’ र उक्त ‘एनआरबी’को ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो रहेको देखिन्छ । उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट पि्रन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाइँ भागमा सुरक्षण धागो देखिन्छ ।साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट पि्रन्ट भएको देखिन्छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply