२९ वैशाख, जनकपुरधाम । जनकपुरधामका स्वतन्त्र उम्मेदवार जानकीराम साहको पक्षमा मतदाता रिझाउन रकम वितरण गरेको मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि आरोप लागेको छ ।

जनकपुरधामस्थित सीताशरण होटलमा बसेर अन्सारीले मतदातालाई रिझाउन पैसा बाँडेको आरोप एमालेका कार्यकर्ताहरुले लगाएका छन् ।

एमालेका कार्यकर्ता अन्सारी बसेको होटल घेराउ गर्न एमालेका कार्यकर्ताहरु पुगेपछि सो क्षेत्र केहीबेर तनावपूर्ण बनेको थियो ।

मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले रकम वितरण गरिरहेको सूचना पाएपछि आफूहरु त्यहाँ पुगेको नेकपा एमालेका जनकपुरधाम नगर कमिटी सचिव राजु साहले दाबी गरेका छन् ।

नेकपा एमालेका कार्यकर्ता पुगेर होटेल नै घेराउ गरेपछि प्रहरीको टोलीले अन्सारीलाई सुरक्षासहित बाहिर निकालेर एयरपोर्ट पुरयाएको बताईएको छ ।
अन्सारी अहिले काठमाण्डौ पुगिसकेको र आरोपको खण्डन गर्न आजै पत्रकार सम्मेलन गर्न लागिएको जानकारी गराएका छन् ।

अन्सारीले भने आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै अन्सारीले होटेलमा बसिरहँदा आफूमाथि अभद्र व्यवहार गरिएको बताएका छन् । उनले अभद्र व्यहवहार गर्न लाग्दा प्रहरीले सकुशल त्यहाँबाट निकालेर विमानस्थलमा पु¥याइदिएपछि अहिले काठमाडौं पुगेको बताएका छन् ।

यता, अन्सारीसँग होटलमा बितरण गर्न राखेको ५ करोड रुपिँया समेत बरामद भएको सामाजिक सँजालमा यतिबेला भाईरल भएको छ । साथै अन्सारी सो ५ करोड रुपिया सहित पक्राउ परेको खबर समेत सामाजिक सँजालमा फैलिएको छ । अहिले बिभिन्न उम्मेदवारको पक्षमा सो रकम बाँड्न लागिएको भन्दै टिकाटिप्पणी तथा आँकलन समेत गरिएको छ । तर यसको बिषयमा सत्यता रहे नरेहेको समेत पत्रकार सम्मेलन मार्फत खण्डन गरिने जनाएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार अन्सारीसँग कुनै किसिमको रकम बरामद नभएको र उहाँलाई घेरा हाली केही ब्यक्तिले दुःख दिन थालेपछि हामीले सकुशल उद्धार गरेर बिमानस्थल पुरयाएका हौ । निर्वाचनका समय भएकाले पनि उहाँमाथि निराधार हल्ला फैलाईएको हो ।

अन्सारीलाई घेरा हाली अभद्र ब्यबहार गर्ने एमालेका सुरेन्द्र भण्डारी सहित केही युवालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply