७ चैत, काठमाडौं । फागु पूर्णिमाको दिन सार्वजनिक स्थानमा झगडा गरेको अभियागमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–२१, लगन घर भएका अनिज नेपाली, सुमन नेपाली र एक जना १६ वर्षीय नाबालक छन् ।

गत बिहीबार होलीका वेला किशोरकिशोरीबीच भएको झगडाको विषयलाई लिएर शुक्रबार कोहिटीमा गएर दुईजनालाई कुटपिट गरेको महानगरीय प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले  बताए ।

उनका अनुसार पक्राउ परेकाहरुले नाइन स्टिक (दुईतिर काठ र बीचमा सिक्री भएको सामाग्री) ले प्रहार गरेर १८ वर्षीय साजन लामा र अर्का एकजनालाई घाइते बनाएका थिए ।

घटनालगत्तै स्थानीयले प्रहरी कन्ट्रोल १०० मा खबर गरेका थिए । त्यसक्रममा प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूअारटी) पुगेको थियो । त्यतिवेला प्रहरीसँग पनि सामान्य घम्साघम्सी भएको थियो । तर झगडा गर्नेहरु पक्राउ परेका थिएनन्, प्रहरीले दुई जना पीडितलाई उद्दार गरेर ट्रमा सेन्टर पुर्‍याएको एसपी मैनाली बताउँछन् ।

महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी डिलबहादुर मल्लका अनुसार फागु पूर्णिमाको दिन कोहिटीका व्यक्तिहरुले लगनका केही व्यक्तिलाई खुकुरी प्रहार गरेका थिए । त्यसको प्रतिशोधमा अर्को दिन लगनमा गएर त्यहाँका व्यक्तिहरुले कुटपिट गरेको मल्लले बताए ।

‘खुकुरी प्रहार गर्ने व्यक्तिलाई पहिल्यै कालिमाटी प्रहरीले पक्राउ गरिसकेको थियो’ उनले भने, ‘तर मुख्य व्यक्ति अझै पक्राउ नपरेको भन्दै उनीहरु आफैं कुटपिट गर्न गएका रहेछन् ।’

पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न मुलुकी अपराध संहिता, २०७४ को अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिन म्याद थप गरिएको एसपी मैनालीले बताए ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply