२५ माघ, काठमाडौं। शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ ।

विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेदवारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

उनका अनुसार आयोगले एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको तर ३५ हजार ५४५ जनाले मात्रैले फारम दस्तुर बुझाएका छन् ।

यस्तै निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जनाले आवेदन दिएको मध्ये ८५ हजार ६५३ जनाले फारमको रकम बुझाएका छन् ।

त्यस्तैगरी प्राथमिक तहको १३ हजार ९३ पदको लागि भएको विज्ञापनमा एक लाख १५ हजार ३५१ जनाले आवेदन दिएका छन् भने एक लाख १३ हजार ३८७ जनाले फारम भरेको रकम बुझाएको आयोगले जनाएको छ ।

आयोगको तथ्यांक अनुसार इच्छुक उम्मेद्वारले फारमको संख्या भन्दा फारम भरे बापत तिरिने रकम बुझाउनेको संख्या कम देखिएको छ । यस्तो हुनुको कारण कुनै उम्मेदवारले फाराम भरेर रकम नतिरि फेरि अर्को जिल्लाबाट फाराम भरि पैसा तिर्दा संख्यामा फरक पर्न गएको अनुमान गरेको छ ।

प्रवक्ता मरहठ्ठा भन्छन्, ‘इच्छुक उम्मेदवारले काठमाडौंबाट फाराम भर्नुभयो तर पैसा तिर्नुभएन । त्यही व्यक्तिले ललितपुरमा फाराम भरेर त्यहि भौचर भर्नुभयो तर अघिल्लो दरखास्त आफैं रद्द गर्नुपर्थ्‍यो तर गर्नुभएन भन्ने हाम्रो अनुमान हो ।’

आयोगले मंसिर २९ अनुसार माध्यामिक तहको विज्ञापन गरी माघ ८ सम्म आधारभूत तहमा १७ गतेसम्म र प्राविका लागि २२ गतेसम्म फारम भर्ने समयसीमा तोकेको थियो ।

आयोगको अनुसार मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन् । निमाविमा तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७१२ जनाले लाइसेन्स लिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

प्रदेश एकबाट सबैभन्दा धेरै, कर्णालीबाट सबै भन्दा कम आवेदन

शिक्षक सेवा आयोगले मावि र निमावि तहका आवेदकहरुको मोटामोटी प्रदेश अनुसार संख्या छुट्याएको जानकारी दिएको छ ।

आयोगले प्रदेश अनुसार मावि तहमा आवेदन दिनेहरु सबै विषयमा प्रदेश एक बाट सबैभन्दा बढी र कर्णालीबाट सबैभन्दा कम आवेदन परेको छ ।

एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि मावि तहमा परेको ३५ हजार ५४५ आवेदन मध्ये प्रदेश एकबाट मात्रै ८ हजार ८ हजार ८३३ आवेदन परेको छ । भने कर्णाली प्रदेशबाट १ हजार ६२५ जनाले मात्रै आवेदन दिएका छन् ।

केन्द्र निर्धारणको जिम्मेवारी प्रदेश निर्देशनालयलाई

शिक्षक सेवा आयोगले केन्द्र निर्धारणको जिम्मेवारी प्रदेश निर्देशनालयलाई दिएको छ । आयोगले प्रदेश अनुसार आएको आवेदनको आधारमा प्रदेशलाई केन्द्र व्यवस्थापन गर्न सबै प्रदेशलाई पत्राचार गरेको जनाएको छ ।

माध्यामिक तहको शिक्षक पदको लागि केन्द्रमा परीक्षा सञ्चालन गर्न समस्या नदेखिए पनि निम्न माध्यामिक तह र प्रावि तहमा भने आवेदन दिने उम्मेद्वारको संख्या बढी भएकोले प्रदेश निर्देशनालयलाई जिम्मेवारी दिएको आयोगको भनाई छ ।

आयोगका प्रवक्ता मरहठ्ठा भन्छन् ‘यी निमावि तहमा आवेदन दिनको संख्या बढी भएकोले प्रदेश निर्देशनालयलाई वरीपरीको कुन जिल्लामा हामी परीक्षा सञ्चालन गर्न सकिन्छ तपाईंहरुले समन्वय गर्नुहोस् भनेर जिम्मेवारी दिएका छौं ।’ निर्देशनालयले दिएको विवरण अनुसार आयोगले केन्द्र निर्धारण गर्ने तयारी गरेको छ ।

प्रावि तहको हकमा सामान्य प्राविधिक समस्याहरु आईरहेकोले समाधान भएपछि मात्रै कुन कुन जिल्लामा परीक्षा सञ्चालन गर्ने भन्नेमा आयोग अभ्यास गरिरहेको जानकारी दिएको छ । कत्ति वटा केन्द्र बनाउने, कुन कुन जिल्लालाई सेवा समूह, कुन जिल्लाले कत्तिसम्म थेग्न सक्छ, जिल्ला शिक्षासँग समन्वय गर्ने लगायतको विषयमा अध्ययन गरिरहेको जानकारी दिएको छ ।

कहिले पुग्छन् शिक्षक कक्षा कोठामा ?

आयोगले मावि तर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ ।

ओएमआर (अप्टिकल मार्क रिडिङ) प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने आयोगको तयारी छ ।

चैतमा भएको परीक्षाको नतिजा प्राविधिक समस्या नभएको खण्डमा दुई महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता मरहठ्ठा भन्छन् ‘प्रविधिले धोका नदिए, सिस्टमहरु सबै अपडेट भए हामी दुई महिनाभित्रमा सामान्य तर्फको नतिजा सार्वजनिक गर्छौं ।’

सामान्य परीक्षामा पास हुन कम्तिमा ५० अंक ल्याउनुपर्छ । सामान्य परीक्षाबाट विषयगत परीक्षामा सहभागी हुन योग्य भएका उम्मेद्वारलाई जेठ अथवा असार पहिलो हप्तामा आयोगले विषयगत परीक्षा लिने तयारी गरेको छ । विषयगत परीक्षा भएको ढिलोमा ६ महिनाभित्र शिक्षकलाई कक्षा कोठामा पठाउने तयारी गरेको आयोगको भनाई छ ।

आयोगका प्रवक्ता मरहठ्ठा भन्छन् ‘हाम्रो कार्ययोजना अनुसार विषयगत परीक्षा भएको सकेसम्म छिटो र बढीमा ६ महिनाभित्र नतिजा सार्वजनिक गर्ने छ । कार्तिकसम्म हामीले शिक्षकहरुलाई सिफारिस गरिसक्छौं होला ।’

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply