२७ मंसिर, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा हाजिर भएलगत्तै धरौटीमा छुटेका छन् ।

सुन तस्करी प्रकरणका मुख्य योजनाकार चुणमणि उप्रेती गोरेले आयात गर्ने सुनको लगानीकर्ता अग्रवाल रहेको सरकार पक्षको दाबी थियो । २०७४ साल माघ १९ गते शाक्यको हत्या भएलगत्तै अग्रवाल फरार थिए ।

सोमबार आफ्ना कानुन व्यवसायीमार्फत अदालत उपस्थित भएकै दिन थुनछेक बहसपछि ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् । ५७ वर्षीय अग्रवाल सुनसरीको धरान उपमहानगरपालिका–३ का बासिन्दा हुन् ।

सोमबार हाजिर भएका अग्रवाललाई न्यायाधीश भरत लम्सालको इजलासले ३ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए ।

२२ मंसिर गते लम्सालको इजलासले तस्करीको सुनको लगानीकर्ता भनी आरोपित काले भनिने कृष्णगोपाल अग्रवाललाई २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा जिल्ला अदालतले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए । २१ जना फरार थिए । फरारमध्ये हाजिर हुन आएका दुई जना धरौटीमा छुटेका हुन् ।

जिल्ला अदालत मोरङले सुन तस्करी प्रकरणसँगै जोडिएको सनम शाक्य हत्याको चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको थियो । भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

तस्करीको सुन हराएपछि गोरेको समूहले भरिया सनम शाक्यको २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लगाएर यातना दिएर हत्या गरेको थियो । हत्याको भोलिपल्ट विराटनगरबाट उनको शव बरामद भएको थियो ।

हत्याको अनुसन्धानका क्रममा सन् २०१५ जुलाइदेखि २०१६ अगस्टसम्ममा दुबइदेखि नेपालमा करिब ३८ क्वीन्टल सुन तस्करी भएको कागजातमा देखिएको थियो । तर अदालतले भने ठोस प्रमाण नभेटिएको भन्दै तस्करी मुद्दामा ५६ जनालाई नै सफाइ दिएको थियो ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply