२४ मंसीर, जनकपुरधाम । जनकपुरधामका एक निजी बिद्यालयले फुड फेस्टिवलको आयोजना गरेको छ ।
एस एम स्कुलले प्रत्येक शुक्रवार गराउने अतिरिक्त क्रियाकलाप अन्तर्गत गृहबिज्ञान र पाक शिक्षा सिकाइ लाई मध्यनजर गरी खाना महोत्सवको आयोजना गरेको थियो । यसबाट बिधार्थीको नेतृत्व बिकास, स्वाबलम्बन बन्ने क्षमताको बिकास र व्यवहारिक ज्ञान पनि आर्जन गर्न सकिने बिद्यालयका प्रधानाध्यापक दिपक ठाकुरको भनाई छ ।

महोत्सवमा बिधालयका कक्षा १ देखि १० सम्मका करीब १०० जना बिद्यार्थीले सहभागिता जनाएका थिए । बिद्यालयले बिद्यार्थीहरुलाई ५ समुहमा बिभाजन गरी उक्त क्रियाकलापका लागि कार्य बिभाजन गरेको थियो । बिहानै देखि अत्यन्तै उत्साहका साथ सबै समुहले बिभिन्न किसिमका मिठा मिठा परिकार तथा ब्यञ्जनहरु तयार पारेका थिए ।

खासमा यो एउटा आयोजना मात्र नभएर एक प्रकारको प्रतियोगिता पनि रहेको शिक्षक गुड्डु झा को भनाई छ । बिभिन्न समुहलाई दिईएको कार्यलाई प्रतियोगिताको रुपमा लिई स्वादिलो परिकारका साथै मिथिला परिकार तथा ब्यञ्जनहरु बनाउनमा बिद्यार्थीहरु बिहानै देखि ब्यस्त देखिन्थे ।
परिकार बनाउन तोकिएको समय सकिनासाथ प्रत्येक समूहका सहभागी, मेन्टर र लिडरहरु आ आफ्नो प्रस्तुतीकरण गरेका थिए । साथै यस महोत्सवको अवलोकन गर्न र प्रतियोगिताको अन्तिम नतिजा दिन दिपक चौधरी, ब्रम्हानन्द ठाकुर, रुबि झा र नवीन सिह लगायतका निर्णायक मण्डलीले प्रत्यक समूहको प्रस्तुतिकरण, खानाको स्वाद र हाउभाउको आधारमा अंक दिएका थिए ।

महोत्सवमा टिमका मेन्टर पुष्पा पन्जियार र टिम लिडर सुहाना खातुनको मिथिला भोजन समूह प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
साथै अन्य समुहहरुमा स्वादिलो समूह र तिनका मेन्टर सपना सिह र लिडर रेसमा खातुन ,रोयल फुड समुहका मेन्टर गायत्री ठाकुर र लिडर अन्जली सिह ,स्वादक समिश्रण समुहका मेन्टर अन्जन मण्डल र लिडर आदित्य राउत साथै मार्स मिट हाउसका मेन्टर अभिनास ठाकुर, मनोज साह र लिडर सलोनी ठाकुरले फुड फेस्टिबल सम्बन्धि आ आफ्नो अनुभव र प्रस्तुति गरेका थिए ।
उक्त कार्यक्रममा पत्रकार ओम प्रकाश तथा सन्दिपको पनि उपस्थिति रहेको थियो ।
