काठमाडौं, २० मंसिर । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा समेत ‘ओमिक्रोन’ भेरियन्टको संक्रमण पुष्टि भएको जनाएको हो ।
दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमनिक्रन भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।
६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको प्रवक्ता डा. पौडेलले जानकारी दिए ।