२० कार्तिक, जनकपुरधाम । धनुषाधाममा संचालित रेडियो धनुषले हिन्दुहरुको महान चाड छठको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान गर्नुका साथै समुदायमा रेडियोको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
ग्रेटर मधेस मिडिया प्रा.लि. द्वारा संचालित रेडियो धनुष एफएम ९९.७ मेगाहर्जले आयोजना गरेको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ धनुषाधामका अध्यक्ष किशोरी ठाकुरले रेडियोको माध्ययमबाट सबै क्षेत्रलाई सुसूचित बनाउदै समुदायमा हुने विभिन्न खाले नकारात्मक कृयाकलापलाई उजागर गर्दै सभ्य समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, कार्यक्रममा सहभागीहरुले सभ्य समाज निर्माण तथा सूचनाको हकबाट कोही पनि बँचित नहोउन भन्ने उद्येश्यले स्थापित रेडियो धनुषले सुचनाका साथै मनोरँजन पनि पस्किदै आएको प्रति आभार प्रकट गरेका थिए ।
रेडियो धनुषका संचालक मुकेश कुमार ठाकुरले देशभर धेरै रेडियोहरु समाज रुपान्तरणमा खटिरहेको बताउदै रेडियोको संरक्षण, सम्बर्धनसँगै स्थानीय तहका हरेक गतिविधिलाई जनतामाझ पुर्याउने कार्यमा रेडियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र रेडियोबीच समन्वयकारी भुमिका आवश्यक रहेको पनि उनले बताए ।

प्रेम चौहानले सन्चालन गरेको उक्त कार्यक्रममा सन्तोष यादव, विश्नुदेव ठाकुर, सुरज सिंह, बब्लु साह, प्रबिन ठाकुर, बिनोद ठाकुर, जय कुमार, नरेश यादव, विजय साह, सचिव सिनोद मण्डल लगायतका व्यापारी, समाजसेवी, राजनैतिक दल, पत्रकार, विभिन्न कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी बेस क्याम्प सरसाका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगायतको सहभागीता थियो ।

साथै, रेडियो धनुष परिवारले करेन्टन्युजसेभेनका संचालक धर्मानन्द ठाकुर र प्रधान सम्पादक ब्रम्हानन्द ठाकुरलाई सम्मान समेत गरेको थियो ।
