३ असोज, जनकपुरधाम । युवा अभियन्ता तथा मासका संयोजक सरोज मिश्रले मधेशी युवालाई संविधान संशोधनका निम्ति एकजुट हुन आग्रह गरेका छन ।
संविधान जारी भएको दिन असोज ३ मा जनकपुरधाममा शहिदहरु प्रति श्रद्धान्जली कार्यक्रमको आयोजना गर्दै मिश्रले मधेसका युवा पुस्तालाई अझ जागरूक भई मधेसको मुद्दा प्रति बफादार भएर इमानदारिता पुर्बक संबिधान संसोधन गराउनका निम्ति दबाब दिनुपर्ने बताएका छन ।
साथै मधेशको नाममा मधेश र मधेशीलाई पटक पटक धोका दिने दल तथा नेताहरु बिरुद्ध खबरदारी गर्न आवश्यक रहेको बताए ।
कथित मधेसबादी मसिहाहरु एकातिर यही सम्बिधान लाई मानेर सत्ता प्राप्त गर्ने, तलब भत्ता देखी राज्यको सम्पूर्ण सुख सुबिधा भोग गर्ने र सत्ताबाट टाढा रहेको बेला मधेस र अधिकारको कुरा गर्नेहरूको भंडाफोड गरिने समेत मिश्रले बताए ।सत्तामा बसेर बिगतमा दीपावली मनाउनेहरू अहिले सत्ता बाहिर बसेर मधेस र मधेसीलाई मूर्ख मात्र बनाउने काम गरेको आरोप समेत लगाए ।
मधेस अधिकार संघर्ष समिति (मास)को संयोजक सरोज मिश्रको आयोजनामा गरिएको उक्त कार्यक्रममा दीपक झा, नेपाल जनता पार्टीका केन्द्रिय उपाध्यक्ष धीरेन्द्र, नेपाल हिन्दू महासंघका संयोजक मिथिलेश झा, मनोज साह, सुभम सिंह, संजीव राउत, लगायत दर्जनों युवाहरुको सहभागिता रहेको थियो ।