जनकपुरधाम, असोज ३ गते । आज असोज ३ अर्थात संविधान दिवस । ६ वर्ष अघि आजकै दिन संविधान जारी भएको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ।

राष्ट्रिय दिवसको रुपमा संविधान दिवस मनाउन सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको दिएको छ ।

यस वर्ष असोज २ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवश मनाउने निर्णय सरकारले गरेको थियो ।

तराइ मधेशमा चलिरहेको आन्दोलनको बाबजुद दोश्रो संविधान सभाबाट २०७२ साल असोज ३ संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो। तत्कालिन राष्ट्रपति डा. रामबरण यादवले संविधान जारी गरेका थिए ।

संविधान दिवसका दिन घरघरमा राष्ट्रिय झण्डा फहराउन सरकारले अनुरोध गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहने छ।

लोसपा कालो दिवस मनाउँदै

यता तर्राइ मधेशमा भने नवगठित लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले आजको दिनलाई कालोदिवसको रुपमा मनाउने निर्णय गरेको छ । तराई मधेशमा लामो आन्दोलनका बाबजुद मधेशीको जनभावना र अधिकार विनाको संविधान जारी भएको भन्दै तराई मधेशमा संविधान दिवसमा कालो दिवस समेत मानाउने गरिएको छ ।

लोसपाले तराईका मधेशका सदरमुकामहरुमा विभिन्न नाराजुलुससहित संविधानको विरुद्ध नाराबाजी गरर कालोदिवस मनाउने निर्णय गरेको हो ।

जसपा तटस्थ, प्रदेश सरकार मौन

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले भने संविधान दिवसमा मौन बस्ने र कुनै प्रकारको कार्यक्रम नगर्ने निर्णय गरेको छ । प्रदेश २ सरकारले समेत संविधान दिवसमा कुनै कार्यक्रम नगर्ने मुख्यमन्त्री लालबाबु राउतले बताए । संविधानमा भित्रै रहेर सरकारको नेतृत्व गरिरहको, तर त्यसभित्र रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने मुख्यमन्त्री राउतको भनाइ छ ।

उनले संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन बस्ने बताए ।

कर्मचारीले सरसफाई गरी संविधान दिवस मनाउँदै

प्रदेश सरकारका कर्मचारीहरु भने सरसफाई गरी संविधान दिवस मनाउन लागेका छन् । मुख्य सचिव हरिप्रसाद मैनालीले कार्यालय र परिसर सरसफाई गरी संविधान दिवस मनाउने कार्यक्रम रहेको बताएका छन् ।-Todaypati

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply