२६ भदौ, जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ७ बसहिया रोड स्थित एक निजी बिद्यालयका शिक्षक शिक्षिकाले आफ्नै बिद्यालयका एक बिद्यार्थीलाई कुटेर हात भाँचेक छन ।
स्वस्तिक ईङलिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत ८ बर्षीय बालक सिद्धार्थ ठाकुरलाई होम वर्क नबनाएको भन्दै प्रिन्सिपल श्याम सुन्दर साहका श्रीमती शोभा साह र शिक्षक रब्बानी हुसैनले दाहिने हातमा हिर्काउदा बालकको हड्डी भाँचिएको हो ।
पिडित बालकका बुबा जितेन्द्र ठाकुरका अनुसार होमवर्क नबनाएको भन्दै पहिलो दिन शिक्षिका शोभा साहले छोरालाई दाहिने हातमा कुटेपछि छोरा चिच्याउँदै घर आएका थिए । त्यसपछि बिद्यालयमा गुनासो गर्दा फकाएर पठाए तर फेरी चोटका कारण फेरी होमवर्क बनाउन सकेका थिएन । तापनि बिहानपल्ट शिक्षक रब्बानीले छोरालाई फेरी कुटेकै ठाउँमा डस्टरले कुटे र हातको हड्डी भाँचियो ।

यस पटक गुनासो लिएर बुबा बिद्यालय पुग्दा सम्पुर्ण उपचार हामी गराईदिन्छौ भनेका छन तर हामीलाई न्याय चाहियो जितेन्द्र ठाकुरले भने ।
यता बिद्यालयले भने सिद्धार्थलाई पहिले देखि नै घरमै चोट लागेको दावी गरेका छन ।

यस घटनालाई लिएर जनकपुरधामका युवा अभियन्ता सरोज कुमार मिश्रले बालकलाई न्याय दिलाई यस्ता बिद्यालय लगायत बिना दर्ताका बिद्यालयहरुको रजिष्ट्रेशन खारेजीको माग गरेका छन । उनले प्यावसान, एनप्यवसनलाई समेत घटनाको छानवीन गरी कारबाही गर्न माग गरेका छन ।