१२ भदौ, जनकपुरधाम । मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको परिवारलाई रोजगारी दिने प्रदेश २ सरकारले योजना अघि सारे पनि यो फलदायी हुन सकेको छैन । प्रदेश सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नै शहीद परिवारका एक जनालाई जागिर दिने निर्णय गरेको थियो ।

आफ्नो निर्णय बमोजिम ५ माघ, २०७५ मा सिरहाको लहानमा मधेश बलिदानी दिवस मनाउने क्रममा ४६ जना शहीद परिवारलाई नियुक्तिको डेमो प्रदान गरियो । प्रदेश सरकारको यो शुरुवातीले शहीद परिवारमा एक किसिमको उत्साह थपियो । तर, अहिले आएर शहीद परिवारलाई दिनदिनै आन्दोलन गर्नु परिरहेको छ ।

हालसम्म ५४ जना शहीद परिवारलाई नियुक्ति पत्र दिइएपनि काम भने २७ जनालाई मात्रै दिइएको छ । काम पाएका सबैले कार्यालय सहयोगीको भूमिका पाए, त्यो पनि करारमा ।

करारमा काम गरिरहेका २७ जना शहीद परिवारको चालु आर्थिक वर्ष २०७८/७९ मा नवीकरण समेत भएको छैन । नियुक्ति पाए पनि २०७६ सालदेखि अहिलेसम्म २७ जना शहीद परिवारका व्यक्ति काम पाउन लगातार दौडधूप गरिरहेपनि पाउन सकेका छैनन् ।

प्रदेश सरकारले आश्वासन मात्रै दिएको र काम नदिएको भन्दै शहीद परिवार तथा घाइते हकहित संघर्ष समिति नै गठन भएको छ । ‘प्रदेश सरकारले आश्वासन दिने र काम नगर्ने भएपछि नै हामीले संघर्ष समिति बनाएका हौं,’ समितिका संयोजक रामनरेश राय यादव भन्छन्, ‘सरकारको ध्यान आकृष्ट गर्न ज्ञापन पत्र बुझाउनेदेखि पटक–पटक संघर्ष गर्दै आए पनि सरकारले ध्यान दिन सकेको छैन ।’

पछिल्लो दुई दिन यता लगातार आन्दोलन गरेपछि प्रदेश सरकारले पुनः एक साताको समय मागेको छ । बिहीबार र शुक्रबार मुख्यमन्त्री कार्यालय अगाडि संघर्ष समितिको अगुवाइमा प्रदर्शन गरियो । शुक्रबार सत्तारुढ जनता समाजवादी पार्टीको जनकपुरधाममा भइरहेको कार्यक्रम स्थलमा पनि गएर शहीद परिवारले केहीबेर धर्ना दिए ।

धर्ना दिएका उनीहरुलाई सम्झाउन पूर्व मन्त्री ज्ञानेन्द्र यादव आएका थिए । मन्त्री यादवले मधेशी शहीद स्मृति प्रतिष्ठान बनिसकेकाले सबै माग चाँडै पूरा हुने आश्वासन दिए पनि उनीहरुले धर्नालाई निरन्तरता दिएका थिए । पछि मुख्यमन्त्री लालबाबु राउतले एक साताभित्रै माग पूरा हुने आश्वासन दिएपछि उनीहरुले तत्कालका लागि स्थगित गरेका छन् । समितिका संयोजक यादवले भने, ‘माग पूरा नभए हामी पुनः आन्दोलन शुरु गर्छौं ।’

शहीद परिवार आन्दोलनमा आएको देखेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले पनि चाँडै उनीहरुको मागलाई सम्बोधन गर्न प्रदेश सरकारलाई सुझाव दिएका थिए ।

source:-onlinekhabar

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply