driving license

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले स्मार्ट चालक अनुमतिपत्र वितरण तथा छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले सवारीसाधनमा बीसवर्षे हदम्याद लगाउने निर्णयबारे समेत पुनर्विचार गर्न सो मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले के कति कारणले स्मार्ट चालक अनुमतिपत्र वितरण तथा छपाइमा ढिलाइ भयो भन्ने विषयमा छानबिन गरी आवश्यक कारबाही अगाडि बढाउन तथा बीस वर्षदेखि चल्दै आएका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णयबारे पुनर्विचार गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिइन् ।

बीसवर्षे हदम्यादका आधारमा सवारीसाधन सञ्चालनमा रोक लगाउनुभन्दा पनि एउटा मापदण्ड बनाएर सवारी साधनको यान्त्रिक परीक्षण गरी उपयुक्त रहेका सवारीसाधनलाई सञ्चालनको अनुमति उपयुक्त हुने समितिको ठहर रहेको सभापति खड्काले बताइन् ।

त्यसैगरी बैठकले स्मार्ट सवारी चालक अनुमतिपत्र व्यवस्थापनमा सम्बन्धित निकाय चुकेको र सो कार्ड छपाइका लागि गरिएको बोलपत्रदेखि नै समस्या उत्पन्न भएको ठहर गर्दै बोलपत्र आह्वान गर्ने पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

समितिका सदस्य गणेशकुमार पहाडी, केदार सिग्देल, सञ्जयकुमार गौतमलगायतले आवश्यक तयारी र पूर्वाधारबिना नै स्मार्ट चालक अनुमतिपत्र वितरण तथा सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिएकाले यो कार्यक्रम सफल हुन नसकेको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले अहिले स्मार्ट कार्ड आउन ढिलाइ हुनुमा सम्बन्धित विषयको प्राविधिक ज्ञानको अभाव हुनसक्ने धारणा व्यक्त गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट लागू भएका सबै मुलुकमा अङ्ग्रेजी भाषा नै प्रयोगमा रहेको बताउँदै नेपालको मौलिक पहिचान देखाउन प्लेटमा नेपालको झन्डा अङ्कित गरिएको तर्क गरे । गाेरखापत्र

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply