साउन ८, जनकपुरधाम । क्रियाशिल पत्रकारहरुको लागि जनकपुरधाममा एकदिवसिय आचारसहिँता तालिम सम्पन्न भएको छ ।
तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरको आयोजना तथा युनेस्कोको सहयोगमा प्रेस काउन्सिल नेपालले उक्त तालिम प्रदान गरेको हो । कुल २५ जना सहभागी रहेको क्रियाशिल पत्रकारहरुलाई सो सँस्थाले पत्रकारहरुले कार्य सम्पादन, समाचार सँकलन तथा प्रकाशन प्रशारणका समयमा अपनाउनु पर्ने सावधानी र आचारसहिँताका बिषयमा जानकारी दिईएको थियो ।
कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै प्रशिक्षक सुरेश आचार्यले पत्रकारहरुको आचारसहिँताले पत्रकारहरुलाई अनुशासित बनाउने बताएका छन । त्यस्तै, कार्यक्रममा लेखक बिशेषज्ञ नित्यानन्द मण्डलले समाचार लेख्दा सम्पादकले आफ्नो नितान्त ब्यक्तिगत बिचार राख्न नहुने धारणा राखेका थिए ।
यही क्रममा प्रदेश २ का निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पत्रकारहरुले पत्रकारिता गर्दा पुर्वाग्रही भएर समाचार सम्प्रेषण गर्न नहुने र निश्पक्ष भएर कलम चलाउनुपर्ने बताए ।

प्रदेश १ र २ को सँयुक्त ३ दिने तालिम बिराटनगरमा बैशाखमा नै गरिने तय भएपनि कोरोना महामारीका कारण साउनमा आएर गर्नु परेको र २५ जना भन्दा बढी सहभागी समावेश हुन नमिल्ने भएकाले दुबै प्रदेशको छुट्टा छुट्टै तालिम छोट्याएर आ आफ्नै प्रदेशमा गरिएको आयोजक सँस्थाका अध्यक्ष सरु सुवेदीले जानकारी गराएकी थिईन ।