अहिले सञ्चित रकम पछि कामलाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् ।

बर्दिवास स्थितपिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय दुई वर्षदेखि सञ्चालक एकाएक सम्पर्कबिहीन भएपछि बचतकर्तामा छटपटी बढेको हो ।

“भोलिको दुःखको साथीहुने आशमा बचत ग¥यौं भन्ने थियो, तर सहकारीको कार्यालय र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएको छ” बर्दिबासमा सानो ब्यापार गर्दै त्यसबाट भएको कमाइमा घरखर्च कटौती गरेर बचत गर्दै आउनु भएका रामकुमार श्रेष्ठले भन्नुभयो, “हामी ठगिएछौं , दुई लाख रुपैया बचत फिर्ता पाउनुपर्ने छ, दुई वर्षदेखि आफ्नै रकमखोज्दै हैरान छौं ।”

श्रेष्ठजस्ता सयौं बचतकर्ता अहिले आफ्नो रकमखोजी गरी दिनबर्दिबास सहकारी सञ्जाल, बर्दिबास नगरपालिकाको सहकारी शाखा र अरु बिभिन्न निकायमा दौडी रहेका भेटिन्छन् ।

बर्दिबासमा सञ्चालित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय दुई बर्ष देखि बन्द रहेको छ । सञ्चालकबर्दिबास–१ कै बासिन्दा नीरकमल कार्की पनि सम्पर्कमा नभेटिएपछि बचतकर्तामात्र नभएर बचत सङ्कलकर्तापनि अप्ठ्यारोमा परेका हुन् । बितेको २०७६ चैतदेखि संस्था र सञ्चालक सम्पर्कविहीन भएको सोही संस्थामा बचत सङ्कलनकर्ता भएर काम गरेकी जानुका कुमारी तामाङ् बताउनुहुन्छ ।

“दैनिक बचत रकम सङ्कलनगर्न त हामी सङ्कलक पुग्थ्यौं” तामाङ्ले आपूmसहितका सङ्कलकको पीडा फुकाउँदै भन्नुभयो, “त्यसैले बचतकर्ताको पहिलो भनाइको चोट हामीले खेप्नु पर्छ ।” आफूले सङ्कलन गरेको नै करिब ५० लाख रुपैयाँ बचत फिर्ता दिनबाँकी रहेको तामाङ्को भनाइ छ ।

पछिल्लो पटक संस्था र सञ्चालकदुबै नभेटेपछि बचतकर्ता हारगुहार माग्दै बर्दिबास नगर कार्यपालिकाको कार्यालय र बर्दिबास सहकारी सञ्जाल पुगेपछि यो घटना सार्वजनिक भएको हो । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले २०७४ देखि कारोबार शुरु गरेर २०७६ चैतदेखि सम्पर्क तोडेको बचतकर्ता र बचत सङ्कलक बताउँछन् ।

नगर कार्यपालिकाको कार्यालयको सहकारी शाखा र बर्दिबास सहकारी सञ्जालदुबैले समन्वयको प्रयत्न गरेपनि संस्था सञ्चालक कार्की बचतकर्ताको रकमदिनआनाकानी गरी रहेका छन् । “बचतकर्ता र बचत सङ्कलकको गुनासो बुझ्न सञ्चालककार्कीसँग सम्पर्क गरियो” बर्दिबास सहकारी सञ्जालकाअध्यक्ष शङ्कर श्रेष्ठले भन्नुभयो, “उहाँले पटकपटक बचतकर्ताको रकमफिर्ता गर्ने प्रतिवद्धता जनाएर पनिफिर्ताभने गर्नु भएन ।” पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्था सञ्जालमा आवद्ध नभएको र आफ्नो संस्थान्यायिक निरुपण गर्ने नभएको हुँदा नगरपालिका कार्यालय जान बचतकर्तालाई सुझाएको श्रेष्ठको भनाइ छ ।

नगर कार्यपालिका कार्यालयको सामाजिक विकास शाखाले दुई÷तीन पटक सञ्चालक कार्कीलाई खोजेर समन्वयात्मक छलफल चलाएपनि समाधान भने नभएको सो शाखाकी समन्वयकर्ता प्रेमाकार्की बताउनुहुन्छ । “हामीसँगको छलफलमा सञ्चालक कार्कीले बचतकर्ताको रकमदिनपर्ने स्वीकार त गर्नुभयो” प्रेमाले भन्नुभयो, “तर रकमफिर्ता गर्न उहाँले लिनुभएको समय बराबर फेल भए ।” बचतकर्ताको रकम कार्यालयबाट गोलमाल भएको स्वीकार्ने सञ्चालक कार्कीले सो रकमफिर्ता गर्न सहमति जनाएपनि रकमको जोहो हुन नसकेको भन्दै समय लम्ब्याउने गरेका प्रेमा बताउनुहुन्छ ।

आफ्नो पासबुकसहित काकागजात सबै संस्थाको कार्यालयमा बुझाएको र अबआफूहरुसँग कुनै प्रमाण नरहेको हुँदा बचतकर्ताहरु बचत फिर्ता पाउनेमा अन्योलमा छन् ।

यसैबीच नगर कार्यपालिकाको कार्यालयको सामाजिक विकास शाखाले संस्था सञ्चालक कार्कीलाई तीनदिनभित्र बचतकर्ताको सबै हरहिसाव पेश गरेर रकमफिर्ता नगरे कार्वाहीका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयमा अनुरोध गरिने जनाएको छ । संस्थाले हरहिसाब नै नदेखाएपछि कति रकर्म िफर्ता गर्नुपर्ने यकिन नभएपनि बचतकर्ता र सङ्कलकहरुको भनाइबाट एक करोड ५० लाखभन्दा बढी बचतकर्ताको रकम हिनामिना भएको अनुमानगरिएको शाखाले जनाएको छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply