२० असार, । सिर्सिया खोलाको बाढी पस्दा पर्साका बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँवस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् ।
रानीघाट क्षेत्रमा कम्मरसम्म डुब्ने पानी छ । अन्न, लत्ताकपडा पानीमा डुब्दा स्थानीयको बिजोक छ । उनीहरु आफन्तको घरमा बसेका छन् ।