अहिले देशमा चुनावी सरगर्मी बढेको छ । चैत्रमा चुनाव हुने घोषणाले बिभिन्न दलहरु आ आफ्नो अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम गर्नमा उत्साहित देखिन्छन । यति मात्र नभई सधै काठमाण्डौलाई मात्र आफ्नो कर्मथलो मान्दै आएका नेता देखि मन्त्रीहरु समेत नेपालका बिभिन्न ठाउँमा गई चुनावी प्रचार प्रसार गर्नमा तल्लीन देखिन्छन । चुनावको तयारी भन्दा पनि फरक नपर्ला तर निर्वाचनमा सबैभन्दा महत्वपुर्ण चिज भोट हो । जुन जनताले आफुनो नेतृत्व चयनका लागि मतदान गर्छन । यसैले त निर्वाचन आयोगले समेत यसलाई मध्यनजर गरी मतदान गर्नबाट कोही नछुटुन भन्ने उद्येश्यले जिल्ला जिल्ला देखि गाउँ गाउँ सम्म फोटो सहितको मतदाता परिचय पत्र बनाउनका लागि सबैको फोटो खिच्न तथा तथ्याङ संकलन गर्नमा ब्यस्त देखिन्छन ।

यसो हेर्दा बिगतमा समय भन्दा यसपटक मतदाता संख्यामा बृद्धि हुने तथा भोट पनि अधिक हालिने अनुमान गर्न सक्न्छि । तर यस पटक बिगतमा भन्दा भोट हाल्नेको संख्यामा कमी आउँछ भन्दा अपत्यारिलो लाग्न सक्छ । तर यो यथार्थ हो, कारण निर्वाचन आयोगको नया नियम ।

सबै मतदातालाई थाहै छ, यस अघि अछाममा नागरिकता पाएका ब्यक्तिको अक्सर बसोबास काठमाण्डौ रहेको खण्डमा उसले काठमाण्डौ नै मतदान स्थल कायम गरी मत खसाल्न सक्ने प्रावधान थियो । भन्नुको अर्थ कोही कसैको गाउँको नागरिकता छ र अक्सर बसोबास शहरको छ भने शहरमै पनि पायक पर्ने स्थानमा मतदान स्थल कायम गरी मत खसाल्न सक्ने ब्यवस्था थियो । तर अब यो ब्यबस्थालाई हटाईएको छ ।

अब जो कोहीले पनि यस अघि कही कतैको मतदान स्थलमा मत खसाल्दै आएको भएपनि अब देखि नयाँ मतदाताहरुको नागरिकतामा भएको ठेगानामा नै मतदाता परिचय पत्र पुग्ने र त्यहीबाट भोट खसाल्नुपर्ने बाध्यता कायम गरिएको छ । यसले मत खसाल्नेको संख्यामा कमी आउने पक्का छ । कारण निर्वाचन हुने दिन सबै यातायातका साधन बन्द हुन्छ । अब काठमाण्डौको मानिस अछाममा गएर भोट हाल्नु कल्पनामै सिमीत हुन्छ । वा भनौ गाडी बन्द रहने भएकोले सबै शहरबाट गाउँ गएर भोट खसाल्छन भन्ने पनि छैन । त्यस्तै यदि कोही एकदिन अगाडि नै गईहाले भने सम्भव होला तर कतिको त गाउँको नागरिकता मात्र छ । त्यहाँ सम्पति भएपनि घर छैन । भोट हाल्न गएपनि कहाँ बस्ने भनेर चिन्ता हुने पनि त्यतिकै छ । यस्ता बिभिन्न कारणले मत हाल्नेको संख्यामा कमी आउने बिश्वास गरिएको छ ।

जहाँ अहिले बिश्वमा अनलाईन भोट हाल्ने परिकल्पनाहरु गरिदैंछ, त्यस्तो अवस्थामा यस प्रकारको नियमले नेपालमा मतदाताको संख्यामा बृद्धि भएपनि मत खसाल्नेको संख्यामा कमी आउने निश्चित छ ।

निर्वाचन आयोगले गरेको पछिल्लो संसोधनमा नागरिकतामा भएको ठेगाना अनुसार नै मतदान स्थल तय हुने भएकोले निर्वाचनमा मतदान हुने प्रतिशतमा कमी आउने आम जनताको चिन्ताको बिषय बनेको छ । आम मतदाता यस निर्वाचन आयोगले गरेको अदुरदर्शी सोचले गर्दा मतदान गर्नबाट बन्चित हुने देखिन्छ । कारण के हो भन्दा पहिलेको व्यवस्था अनुसार नागरिकताको हिसाबले नभई आफ्नो पायक पर्ने हिसाबले मतदान स्थल चयन गर्न सकिन्थ्यो, जसले गर्दा जो जहाँ बसोबास गरि रहेका थिए सजिलै मतदानमा सहभागी हुन पाउथे । तर अब त्यसो हुन सहज छैन । अब आफ्नो जन्म स्थानमै गई मतदान गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । यसले काम काजी र अस्थायी बसोबास गर्दै आएका मतदाताहरुलाई निर्वाचन भएको दिन मतदान स्थलमा पुग्न गार्हो हुने छ । कारण निर्वाचनको दिन यातायातको साधन संचालन नहुनु ।

हुनत अहिले पनि निर्वाचन कार्यालयमा मतदाता नमावलीका लागि फोटो खिचाउनेहरुको भिड देखिन्छ । यस बिषयमा निर्वाचन कार्यालयमा फोटो खिच्ने कम्प्युटर अपरेटरलाई प्रश्न गर्दा पहिलेको व्यवस्था खारिज भई सकेको र नयाँ व्यवस्था बमोजिम यहाँ फोटो खिचेर नाम दर्ता गराए पनि नागरिकतामा भएको ठेगाना बमोजिम मतदान केन्द्र तोकिने छ । मतदान केन्द्र मात्रै पनि परिवर्तन गर्नु परे बसाइँसराइको कागजात चाहिने कुरा बताए । जुन झन्झटिलो भएको छ ।

स्थानीय जसको आमाबुबाको मतदान केन्द्र शहरमा नै भएको तर छोराले नमावली समावेस गराउदा गाउँ नै पुग्नु पर्ने बाध्यता छ । एक जना स्थानीय बिजय राउत भन्नू हुन्छ नेताले आफ्नो क्षेत्र छोडेर अन्यत्रबाट चुनाव लडन पाउने, तर जनता बसोबास गर्दै आएको स्थानबाट मतदान गर्न नपाउने यो कहाँको न्याय हो ? यस व्यवस्थालाई स्थानीयहरुले निर्वाचन आयोगको अदुर्दर्शी योजना र मतदान प्रतिशत घटाउने षडयन्त्रको रुपमा लिएका छन ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply