बद्री नाथ झा
जनकपुरधाम, १ फागुन । जनकपुरधाममा अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालित निजी अस्पताल बन्द गराउन मधेश प्रदेश सरकार थप कठोर बनिरहेको छ ।
प्रदेृशका मुख्यमन्त्री सतिशकुमार सिँह, स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह, स्वास्थ्य अधिकारी सम्मिलित टोलीले बिहीबार जनकपुरधामका थप केही अस्पतालको अनुगमन गरेको छ ।केही दिनअघिमात्र मुख्यमन्त्री सिँहले जनकपुरधामका २१ वटा निजी अस्पतालको अनुगमन गरी सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका अस्पताललाई बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य वैध अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए । तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले अस्पतालमा ताल्चा लगाई सेवा बन्द गरेका थिए भने केही अस्पतालले सरकारको निर्देशन अटेर गरी पूर्ववत् सेवा सञ्चालन गरिरहेका छन् । सरकारी निर्देशन अटेर गर्ने एकजना अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
निश्चित मापदण्ड पुरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति संघ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान छ ।प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पतालालाई बन्द गराई एक लाख रुपैयाँ जरिबाना गर्ने व्यवस्था छ ।कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराई सञ्चालनमा रहेका बहुसँख्यक अस्पतालसँग अस्पताल सेवा सञ्चालन स्वीकृति छैन । स्वीकृतिप्राप्त केही अस्पतालले नवीकरण गराएका छैनन् । भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, औषधिउपकरण लगायतमा कमसल ती अस्पतालमा उपचार गराउँदा सेवाको गुणस्तर कायम नभई बिरामीको ज्यान तथा स्वास्थ्य नै जोखिममा पर्नेगरेको छ ।
जनकपुरधाममा अवैध तवरमा सञ्चालित अस्पताल सञ्चालकहरूले सरकारको अनुगमनविरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एसोसिएसन गठन गरेका थिए । उनीहरूको सो कदमलाई अपराध गर्न पाउनुपर्छ भन्ने ढिपीका रूपमा स्थानीयले अथ्र्याएका छन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply