२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण बदलेसँगै प्रदेशमा पनि परिवर्तनको गृहकार्य सुरु भएको छ ।

सोमबार नै नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । संघको बदलिएको सत्ता समीकरण अनुसार नेपाली कांग्रेसका नेता कार्कीले मुख्यमन्त्रीमा बहुमत गुमाउनेछन् । यद्यपि मुख्यमन्त्री कार्कीले राजीनामा दिएका छैनन् ।

यसको भोलिपल्टै गण्डकी र सुदूरपश्चिमका मुख्यमन्त्रीले नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरे ।

कांग्रेसकै नेता मुख्यमन्त्री रहेको सुदूरपश्चिम प्रदेशमा पनि माओवादीका मन्त्रीहरु बर्खास्तमा परेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले उद्योगमन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरे ।

जबकी गण्डकी र सुदूरपश्चिममा माओवादीसहित दलहरुकै समर्थनमा कांग्रेस नेतृत्वको सरकार बनेको थियो । तर एमालेसँग समीकरण बनेसँगै माओवादीका मन्त्रीहरु बर्खास्तीमा परेका हुन् । कोशी, गण्डकी र सुदूरपश्चिमसँगै लुम्बिनीमा कांग्रेस नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । अरु प्रदेशमा पनि कांग्रेस सरकारमा छ ।

एकीकृत समाजवादी र नाउपाको साथ अनिवार्य

संघसँगै नयाँ सत्ता समीकरण अनुसार, प्रदेश सरकार परिवर्तनको गृहकार्य सुरु भएपनि सजिलो चाहिँ देखिदैन । केही प्रदेश बाहेक अन्यत्र एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धनले सरकार बनाउन सक्ने देखिँदैन ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३ र जसपासँग १ सांसद छन् । त्यसैले यो प्रदेशमा सजिलै सरकार बन्नेछ । कोशी प्रदेशसभामा कांग्रेससँग २९, एकीकृत समाजवादीसँग ४ र राप्रपाका ६ सांसद छन् ।

१०७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउन ५४ सांसद चाहिन्छ । नयाँ गठबन्धनमा रहेका दलहरु एमालेसँग २३, जसपासँग १९ (स्वतन्त्र निर्वाचित भई पार्टी प्रवेश गरेका सहित) र माओवादीसँग ८ सांसद गरी कूल ५० जना सांसद पुग्छ ।

थप सांसदको समर्थन लिएर नयाँ सरकार बनाउन यो प्रदेशमा नयाँ गठबन्धनलाई जनमत पार्टी, एकीकृत समाजवादी वा लोकतान्त्रिक समाजवादी (लोसपा) मध्य एकको साथ अनिवार्य चाहिन्छ ।

मधेशमा कांग्रेसका २२, जनमत पार्टीका १३, लोसपाका ९, एकीकृत समाजवादीका ७, नाउपा, राप्रपा र संघीय समाजवादीका एक/एक सांसद छन् भने ३ जना स्वतन्त्र सांसद छन् । मधेशमा जसपाका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । तर जनमत पार्टीले नयाँ गठबन्धनमा सामेल हुनुलाई मधेश सरकारको नेतृत्वलाई सर्त बनाएको छ ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसद चाहिन्छ । नयाँ गठबन्धनमा रहेका दल एमालेका २७ र माओवादीका २१ गरी ४८ सांसद छन् । यो प्रदेशमा सरकार बनाउन गठबन्धनलाई थप ८ जना सांसद आवश्यक पर्छ ।

यो प्रदेशमा एकीकृत समाजवादीसँग ७ जना सांसद छन् । एकीकृत समाजवादीले समर्थन गरेमा पनि थप एक जना सांसदको समर्थन आवश्यक छ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका आफ्नो पार्टीका एक जना सांसदको विवरण छुट्टै अभिलेख गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेसपाले सत्ता गठबन्धनलाई सरकार बनाउन सहयोग नगर्ने निर्णयमा पुग्यो भने यो प्रदेशमा नयाँ गठबन्धनलाई सरकार बनाउन थप दुई सांसद आवश्यक पर्छ ।

बागमती प्रदेशमा कांग्रेसका ३७, राप्रपाका १३, हाम्रो नेपाली पार्टीका २ र नेमकिपाका ३ जना सांसद छन् । बागमतीमा माओवादी नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनमा रहेका दल एमालेका २२ र माओवादीका ८ गरी २९ सांसद पुग्छन् ।

कांग्रेससँग २७ सांसद छन् । राप्रपाका दुई सांसद छन् भने स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा छन् ।

गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार छ ।

यो सरकारको विकल्पका लागि नयाँ गठबन्धनले सभामुखलाई राजीनामा गराएर, एकीकृत समाजवादीको साथ लिँदा ठीक्क बहुमत ३१ सांसदको समर्थन पुग्छ । यो प्रदेशमा कांग्रेससँग २७ र राप्रपासँग २ सांसद छन् ।

८७ सदस्यीय लुम्बिनीमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनका दलहरु एमालेका २९, माओवादीका ९ र जसपाका ३ सांसद छन् । यी तीन दलसँग जम्मा ४१ सांसद छन् ।

एकीकृत समाजवादीले समर्थन गरेको खण्डमा एक जना सांसद थपिनेछन् । यो प्रदेशमा राष्ट्रिय जनमोर्चाका पनि एक जना सांसद छन् । एक सांसद रहेको दलले समर्थन गर्दा पनि नयाँ गठबन्धनले सरकार बनाउन सक्दैन ।

यो प्रदेशमा नयाँ सरकार बनाउन नाउपा, लोसपा, जनमत वा स्वतन्त्र सांसदको समर्थन अनिवार्य चाहिन्छ । नाउपाका ४, लोसपाका ३, जनमत पार्टीका ३ सांसद र स्वतन्त्र सांसद तीन जना छन् । कांग्रेसका २७ र राप्रपाका ४ सांसद छन् । हाल लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार छ ।

४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सांसद चाहिन्छ । माओवादीसँग १४ र एमालेसँग ९ सांसद छन् । नयाँ गठबन्धनले यो प्रदेशमा सहजै सरकारलाई निरन्तरता दिन सक्छन् । कर्णालीमा माओवादी नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् । नयाँ गठबन्धन अनुसार प्रदेश मन्त्रिपरिषद हेरफेर गरेर जान सक्छ ।

यो प्रदेशमा कांग्रेसका १४, एकीकृत समाजवादीका १, राप्रपाका १ र स्वातन्त्र सांसद एक जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको अंकगणित फरक छ । ५३ सदस्यीय सभामा सरकार बनाउन २७ आवश्यक पर्छ । माओवादीका ११ र एमालेका १० सांसद छन् । एकीकृत समाजवादीका चार जना सांसद छन् ।

यो प्रदेशमा माओवादी, एमाले र एकीकृत समाजवादी मिल्दा समेत नयाँ सरकार बन्दैन । नयाँ सरकार बनाउन नाउपाको समर्थन अनिवार्य छ । नाउपाका ७ जना सांसद छन् ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा सरकार छ । कांग्रेससँग १९ सांसद छन् । राप्रपाका एक जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

नाउपाले एमाले–माओवादीको नयाँ गठबन्धनलाई साथ दिए सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बन्नेछ । नाउपाले कांग्रेसलाई साथ दिए राप्रपा समेतको समर्थन लिएर कांग्रेस नेतृत्वको सरकार निरन्तर चल्न सक्छ ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply