२८ चैत, काठमाडौं । राष्ट्रिय सभाले बैंक, मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले अनुसन्धान गर्न पाउने गरी दुई वटा विधेयक पारित गरेको छ ।

सोमबार राष्ट्रिय सभाबाट पारित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकले अख्तियारको क्षेत्राधिकार विस्तार गरेर निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्न सक्ने बनाएको हो ।

प्रचलित ऐनमा ‘सार्वजनिक संस्था’को परिभाषामा ‘नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैंक वा समिति, आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् वा यस्तै प्रकृतिका संगठित संस्था’ भनी समेटिएको छ । जो अदुअआको अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्र हो ।

अर्थात्, प्रचलित ऐनअनुसार नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको सार्वजनिक संस्था र उक्त संस्थाको जिम्मेवारीमा रहेका व्यक्तिउपर मात्रै अनुसन्धान गर्न पाउने अदुअआको क्षेत्राधिकार हो । तर राष्ट्रिय सभाले सार्वजनिक संस्थाको परिभाषा फराकिलो बनाउँदै अदुअआको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समेटेको हो ।

राष्ट्रिय सभाबाट पारित ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक’को परिभाषा अनुसार ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्तर, वा प्रकारका बैंक, वित्तीय संस्था, बीमा व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सोसम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी सार्वजनिक संस्था हुन् ।

‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको अनुदान प्राप्त गरी राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाबाट संचालित परियोजनाको हकमा त्यस्तो सूचनामा तोकिएको काम–कारबाहीको हदसम्म त्यस्तो संस्था, निकाय वा परियोजना’लाई पनि सार्वजनिक संस्थाको परिभाषामा समेटिएको छ । सार्वजनिक संस्थाको जिम्मेवारीमा रहेका व्यक्ति (काम गर्ने व्यक्ति) सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

संविधानतः अदुअआको काम, कर्तव्य र अधिकार सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी मुद्दा चलाउने हो । यस सम्बन्धी व्यवस्था संविधानको धारा २३९ मा छ ।

‘अनुसन्धानबाट सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानुन बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानुन बमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ’ संविधानको धारा २३९ (३) मा उल्लेख छ ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply