शिवराम झा ।
२५ पुष, जनकपुरधाम । आईतबार जनकपुरधाममा बालबालिकाहरुलाई पनि कोरोना बिरुद्धको मोर्डना खोपको पहिलो डोज लगाईएको छ ।
नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार अहिलेसम्म १८ बर्ष माथिकालाई कोरोना बिरुद्धको खोप लगाईदै आएको भएपनि अब १८ बर्ष मुनिका बालबालिकालाई समेत कोरोना बिरुद्धको खोप लगाईएको छ ।
जनस्वास्थ्य कार्यालय घनुषाको टोलीले निजी तथा सामुदायिक बिद्यालयहरुमा गई १२ बर्ष देखि १८ बर्षसम्मका बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाएका हुन ।

यसै अन्तर्गत जनकपुरका निजी बिद्यालय एसएम स्कुलमा समेत कुल ९६ जना बिद्यार्थीलाई कोरोना बिरुद्धको मोर्डना खोप लगाईएको बिद्यालयका सँचालक दिपक ठाकुरले बताएका छन । उनका अनुसार अहिलेको समयमा भेरिएन्ट चेन्ज गरी तिव्र रुपमा फैलिरहेको कोरोनालाई परास्त गर्न कोरोना खोप अति आवश्यक रहेको छ । अहिले ओमिक्रोन नामक भाईरस पनि नेपालमा फेला परिसकेको र यसबाट बालबालिका बढी प्रभावित हुने भएकोले यस प्रकारको खोपले बालबालिकालाई कोरोनाबाट जोगाउन ठुलो प्रभाव पार्ने बताएका छन ।
खासगरी कोरोनाका कारण बिद्यालय बन्द गर्नुपर्दा बिद्यार्थीको अध्ययन अध्ययापनमा असर परेकोले अब बिद्यालय बन्द नगरी सतर्कता अपनाउँदै मास्क र खोप लगाएर पनि बिद्यालय सुचारु राख्नुपर्ने सुझाव दिए ।
नेपाल सरकारले नेपाल भरिकै १२ देखि १८ बर्ष समुहका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाउने भएका छन ।