शिवराम झा
१३ पुष, जनकपुरधाम । महोत्तरी जिल्लाको को औरही नगरपालिका वडा नम्बर ३ श्रीपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
श्री सोनफि दशै माध्यमिक विद्यालयमा औरही नगरपालिकाका उप मेयर रेणु देवी झाको सँयोजन तथा तेज कनेहलि र रुइत फौउण्डेशनको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सो शिविरमा जानकी आँखा अस्पताल जनकपुरका प्रशिक्षक तथा अनुभबी र ख्याती प्राप्त चिकित्सकद्वारा सफल उपचार गरिएको छ । शिविरबाट ६५० जना प्रत्यक्ष रुपमा लाभान्वित भएको छ भने परीक्षण गराएका मध्येबाट १०७ जनालाई मोतियाबिन्दु भएको चिकित्सककोे भनाई छ ।
मेतियाबिन्दु हुने १०७ बिरामीहरुको उपचारको लागी लोसपा नेपालका नेता ज्ञानेन्द्र झा ज्ञानुले निजी श्रोतबाट जनकपुर आँखा अस्पतालमा बिरामी लैजाने यातायातको सुविधा दिने स्थानिय नेता राज कुमार यादवले जानकारी दिए ।
लोकतान्त्रिक समाजवादी तथा विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेता झा द्वारा सम्पुर्ण बिरामीहरुलाई निशुल्क औषधि समेत बितरण गरिएको छ ।
सो कार्यक्रममा बुद्धिजिवी, भरभलादमी, शिक्षक, पत्रकार, समाजसेवी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।